श्रीमानले आमाको खातामा पैसा पठाएपछि ४ छोरीसहित श्रीमति पोखरीमा हामफालिन, ३ को मृत्यू
उनले छोरीहरुलाई यातना दिइन् । आमाको डरले उनीहरु घरवाट हिँडे ।

२०७८ साउन १४ बिहीबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १४ साउन । श्रीमानले सासुको खातामा पैसा पठाएपछि श्रीमतिले आफ्नो ४ छोरी सहित पोखरीमा हामफालेकी हुन् ।
यो घटना भारतको बिहार राज्य गोपालगँजको हो । पैसा र धनसम्पत्तीका लागि आफ्नै सन्तानको माया मार्न पनि आमाले सक्छिन् भन्ने उदाहरण यो घटनाले देखाएको छ ।
एउटा सानो कारणले एक आमाले आफ्ना तीन सन्तानलाई संसारवाटै विदा गरिदिइन् । श्रीमान्ले आफुले कमाएको पैसा श्रीमतीको खातामा नपठाएर आफ्नो आमाको खातामा पठाउँथे । विवाद यति बढ्यो की उनले आफ्नै सन्तानलाई नै संसारवाट विदा गरिदिने योजना बनाइन् ।
जानकारीका अनुसार जुलाई २४ मा ती महिला दुखी भइन् किनभने पतिले उनको खाताको सट्टा सासूको खातामा पैसा पठाएका थिए। उनका श्रीमान् संग झ ग डा भएपछि,
नूरजहाँ नाम गरेकी ति महिला चारजना छोरीका साथमा आफ्नो भाईको घरमा जाने निर्णय गरिन् । तर छोरीहरु मामा घर जान मानेनन् । उनले छोरीहरुलाई यातना दिइन् । आमाको डरले उनीहरु घरवाट हिँडे ।
छोरीहरु गौरा गाउँ नजिकको पोखरीमा पुगेपछि नूरजहाँ सबै छोरीहरूलाई पानी पिउने बहाना बनाएर उनीहरुलाई पोखरी किनारमा लगिन् । त्यसपछि उनले सबै छोरीहरुलाई एक–एक गर्दै पोखरीमा फालि दिइन् । अनि आफु पनि पोखरीमा हाम फालिन् ।
संयोगवश केही गाउँलेहरूले यो घटना देखे। उनले कुनै तरिकाले नूरजहाँ र एक बालिका फरमानलाई सकुशल बाहिर निकाले । तर तीन छोरीको भने निधन भइसकेको थियो । गुलाब सा, नर्सब्बा र तैयबाको निधन भइसकेको थियो ।
काभलराही गाउँका असलम आलम बिहारमा काम गर्छन्। गाउँमा उनकी आमा अले खातुन र उनकी श्रीमती नूरजहाँ चार छोरीहरू गुलाब सा, नर्सब्बा, तैयब्बा र अफ्रान बस्थे ।
नूरजहाँकी सासु अले खातुनले भनिन् –“मेरो छोरोले मेरो खातामा पैसा पठाउँथे । जसका कारण नूरजहाँ विवाद गरिरहन्थिन् । अहिले उनी पक्राउ परेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…