ओजेटी गर्ने अहेबको भरमा जिल्ला अस्पताल
सरोज यादव || सर्लाही, २८ फागुन । सर्लाही जिल्लाकै ठूलो अनि प्रमुख अस्पताल सर्लाही जिल्ला अस्पतालमा बिषेशज्ञ डाक्टर नहुदा जिल्लावासी बिषेशज्ञ स्वास्थ्य सेवाबाट बञ्चीत बनेका छन् । १५ जनाको दरबन्दी रहेको जिल्ला अस्पताल मलंगवामा अहिले अहेव गरेर ओजेटी गर्न आएका डाक्टरले धानेका छन् । अस्पतालमा दरबन्दी अनु

२०७४ फागुन २८ सोमबार, दिउँसो ३:२४ बजे२ मिनेट पढाइ

सरोज यादव ||
सर्लाही, २८ फागुन । सर्लाही जिल्लाकै ठूलो अनि प्रमुख अस्पताल सर्लाही जिल्ला अस्पतालमा बिषेशज्ञ डाक्टर नहुदा जिल्लावासी बिषेशज्ञ स्वास्थ्य सेवाबाट बञ्चीत बनेका छन् ।
१५ जनाको दरबन्दी रहेको जिल्ला अस्पताल मलंगवामा अहिले अहेव गरेर ओजेटी गर्न आएका डाक्टरले धानेका छन् ।
अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरु निजी क्लिनिकमा महँगो मुल्य तिरेर उपचार गराउन बाध्य भएका छन् ।
उपकरणहरु चलाउने दक्ष प्राविधिक नहुँदा जिल्ला अस्पतालमा रहेका एक्सरे र अल्ट्रासाउन्ड जस्ता उपकरणहरु प्रयोग विहिन अवस्थामा त्यसै थन्काएर राखिएका छन् ।
जिल्ला आस्पतालमै निशुल्क उपचार गराउनु पर्नेमा यस्ता समस्याले बिरामीहरु निजी क्लिनिकमा महँगो मुल्य तिरेर उपचार गराउन बाध्य भएका छन ।
उपकरणहरु चलाउने दक्ष प्राविधिक नहुँदा जिल्ला अस्पतालमा रहेका एक्सरे र अल्ट्रासाउन्ड जस्ता उपकरणहरु प्रयोग विहिन अवस्थामा त्यसै थन्काएर राखिएका छन् ।
एक्सरे मेसिन चलाउने प्राविधिक केही दिन अगाडी शाखा अधिकृतमा नाम निकालेर गएपछि एक्सरे मेसिन प्रयोग विहिन बनेको छ ।
उक्त अस्पतालमा अल्ट्रासाउन्ड चलाउने प्राविधिक हाल सम्म आएको छैन भने अस्पतालले आफ्नै हाता भित्र संचालन गरेको फार्मेसी पनि विकास समितिले न्युक्त गरिदिएको प्राविधिकको भरमै चलिरहेको बताइएको छ ।
राज्यले सर्लाही अस्पतालको मान्यता दिए पनि सोही अनुसारको जनशक्ति र प्रविधि उपलब्ध गराउन नसक्दा बिरामीमा अस्पताल प्रतिको बिश्वास घट्नुका साथै भएका जनशतिलाइ चाप बढी भएको सर्लाही अस्पताल मलंगवा मेडिकल सुपरीटेण्डेन्ट संजिव सिंहले बताउनुभयो ।
कतिपय अवस्थामा जिल्ला अस्पतालमा सम्भव हुने समस्याहरु समेत जनशक्तिको अभावमा अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको सिंहको भनाइ छ ।
जिल्ला भित्र सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको अस्पताल भएपनि बिषेशज्ञ सेवाको लागि जिल्ला बाहिर जानुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।
जिल्ला बाहिर तथा निजी अस्पतालमा जाँदा समयमै उपचार नपाइने,आर्थिक रुपमा समेत चर्को मार खेप्नु परेको उनिहरुको गुनासो छ ।
मन्त्रालयको फितलो व्यवस्थाको फाइदा उँठाउदै जनताकै करबाट जागिर खाइरहेका चिकित्सकहरुले जिल्लावासीको स्वास्थ्यसँग गम्भिर खेलवाड गरीरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…