अब सरकारी कर्मचारीलाई १० दिने भ्रमण विदा, तर ससुराली तर्फ जान नपाउने
अहिले देशभर संस्थान, प्रतिष्ठान र निजामती गरि झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

२०७८ साउन १२ मंगलबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १२ साउन । सरकारी कर्मचारीले १० दिने भ्रमणका लागि पाउने भनिएको छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो ।
भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरिरहेको छ । जुन आगामी भदौदेखि कार्यान्वयनमा आउन लागेको मन्त्रालयले जनाएको छ ।
ल्याइएको भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै लागू गर्नुपर्ने थियो । तर, त्यससम्बन्धी नीति तथा कार्यविधि पूर्ण रुपमा तयार नभएपछि केही ढिलाई हुन गएको थियो ।
तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण क्षेत्र निषेध गरिएको छ ।
जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।
अहिले देशभर संस्थान, प्रतिष्ठान र निजामती गरि झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…