आज रेशम चौधरी पनि निर्वाचन आयोग जाँदै

चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् ।

२०७८ श्रावण ११ सोमबार
बिहान १०:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । 

टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।

उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । 

चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको हो ।

हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

ओरकेष्ट्रा नाच्न आएकी ३७ जना युवति पक्राउ 

  • २०७८ श्रावण ११ सोमबार

न्यूज ब्यूरो, जलेश्वर ।  विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न स्थानमा आरकेस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मठिहानी नाकाबाट नेपाल प्रवेश गरेका प्रवेश गरेका

पूरा पढ्नुहोस्

Bureau Menus