यातायात सम्बन्धी सबै कर अब मोबाईलबाटै, लाईन लाग्नु पर्ने झन्झटबाट मुक्ती
साथै नागरिक एपमा आफ्नो विवरण अद्यावधिक गरेर पनि सुविधा लिन सकिने उनले बताए ।

२०७८ साउन ८ शुक्रबार, बिहान ११:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । अब यातायात सम्बन्धी सबै प्रकारको कर आफ्नो मोबाईलबाटै बुझाउन सकिने व्यवस्था गरिएको छ ।
बागमती प्रदेशका यातायातसम्बन्धी सबै कर तथा राजस्व अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बागमती प्रदेश सरकारले गरेको हो ।
मन्त्रालयले तयार गरेको यातायात व्यवस्था सूचना प्रणालीमा दर्ता गरी आफू र आफ्नो सवारीसाधनको सबै विवरण अद्यावधिक गराई सुविधा लिन सकिने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रबक्ता नविनकुमार सिंहले जानकारी दिए ।
साथै नागरिक एपमा आफ्नो विवरण अद्यावधिक गरेर पनि सुविधा लिन सकिने उनले बताए । सो व्यवस्थाको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्दै गरिहेका छन् ।
चालक अनुमतिपत्रवाहेका सेवालाई अनलाईन प्रणालीमा आवद्ध गरी विद्युतीय माध्यमबाट राजश्ज भुक्तानी गर्ने व्यवस्थाका लागि बागमती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात्र क्षेत्रको सेवा प्रवाह तथा राजश्व भुक्तानी नियमावली २०७८ जारी गरेको थियो । सोही अनुसार विद्युतीय भुक्तानीको व्यवस्था गरिएको हो ।
यो व्यवस्थाले यातायात सम्बन्धी सेवाहरु प्रविधिमैत्री हुनुका साथै कोभिड १९ लगायतका संक्रामक रोगको जोखिम र यातायात कार्यालयहरुमा हुने भिड तथा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको विश्वास छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…