के हुन सक्छ ?

जनकपुरमा यूएफओ (एलिन यान) देखिएको दाबी, प्रमाणित गर्न नासा पठाइयो

यादवले खिचेको ६ सेकेन्डको भिडियोमा एक सेकेन्डसम्म त्यो वस्तु देखिएको छ ।

२०७८ श्रावण ७ बिहीबार
बेलुकी ६:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्युज ब्यूरो, जनकपुरधाम । गत आइतबार साँझ ५ बजेर १८ मिनेटमा जनकपुरको गंगा सागरबाट खिचिएको एक भिडियोमा यूएफओ (Unidentified flying object) देखिएको दाबी गरिएको छ । 

जनकपुरका व्यवसायी सेवइ यादवले २७ असारमा खिचेको भिडियोमा यूएफओ देखिएको भन्दै प्रमाणिकताका लागि नासा र काठमाडौंस्थित अमेरिकन दूतावासलाई समेत इमेल गरेका छन् ।

यादव आफ्ना साथी सरोजकुमार साहसित हरेक दिनजसो साँझ गंगा सागरमा डुल्न निस्कन्छन् । त्योदिन गंगा सागरको वाटर फाउन्टेन उनलाई मनमोहक लाग्यो । आकाश पनि सफा र निलो देखिँदा यादवले वाटर फाउन्टेनलाई पृष्ठभूमिमा राखेर धेरैजसो भाग अकाशतिर तेर्साएर मोबाइलमा भिडियो खिच्न थाले ।

सामसुङ एस–८ प्लस मोबाइलबाट ६ सेकेन्ड जतिको भिडियो खिचेपछि यादवले ‘कस्तो आयो’ भनेर एक–दुई पटक रि–प्ले गरेर हेरे । ‘गंगा सागरमा एकछिन बसेर हामी घर फर्कियौं,’ यादवले भने, ‘राति ध्यानपूर्वक भिडियो हेर्दा कालो ड्रोनजस्तो केही वस्तु उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको देखियो ।’

यादवले खिचेको ६ सेकेन्डको भिडियोमा एक सेकेन्डसम्म त्यो वस्तु देखिएको छ । यादवले १ सेकेन्डमा देखिएको त्यो वस्तुसहितको भिडियोलाई ४१ सेकेन्डमा स्पान गरेर फेरि हेरे । ‘ड्रोनजस्तो कालो रंगको त्यो वस्तुमा दुवैतिर पखेटा पनि देखियो,’ यादवले भने, ‘३–४ दिन समय लगाएर युट्युव र अन्यतिर पनि खोजतलास गर्दा यो यूएफओ नै रहेको हाम्रो दाबी छ ।’

यादव र साहले त्यो भिडियोको स्क्रीन सटसहित गत बुधबार नासालाई एउटा इमेल पठाएका छन् । ‘मैले खिचेको भिडियोमा यूएफओजस्तो वस्तु देखिएको छ । स्क्रीन सट पठाएको छु । के हो ? अनुसन्धान गर्ने भए फुटेज पठाउँछु भनेर नासालाई इमेल लेखे,’ साहले भने, ‘नासाबाट इमेलको कुनै जवाफ आएको छैन ।’ 

अमेरिकी दूतावासमार्फत जाँदा सजिलो हुने कसैले सुझाएपछि यादव र साहले दूतावासलाई १५, २० र २१ जुलाई गरी तीन पटक इमेल लेखे । दूतावासको कर्मचारी भनेर पुरन चन्दले ह्वाट्स एपमा उनीहरूसँग  भिडियोको फुटेज मागे । ‘पर्सनल नम्बरमा फुटेज मागे । विश्वास नलागेर दिएको छैन,’ यादवले भने । 

यादव र साहले आफूले खिचेको भिडियोमा यूएफओ नै देखिएको दाबी गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोला र नेपाल प्रहरीका डीआईजी उमेश रञ्जितकारसँग भेटेर पनि आफूहरुको दाबी प्रमाणित गराउन सहयोग गर्न आग्रह गरेका छन् । 

 

 

बाँस्तोला र रञ्जितकारले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाउन यादव र साहलाई सुझाव दिए । दुवै जना फुटेज बोकेर काठमाडौं जाने तयारीमा छन् । 

शिलापत्र अनलाइनमा रोहित महतोले समाचार लेखेका छन् । 

  • 1%
  • 88%
  • 2%
  • 1%
  • 1%
  • 2%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०७८ श्रावण ७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus