साँसदको राजीनामा

काँग्रेसका नेता अमरेश सिँहले साँसद पदबाट राजीनामा दिने घोषणा

अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएको भन्दै राजीनामा बाहेक विकल्प नदेखेको

२०७८ श्रावण ६ बुधबार
दिउसो ४:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको भन्दै सिंहले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेका हुन् । उनले आजै बालुवाटार पुगेर राजीनामा पत्र बुझाउने जनाएका छन् ।

आफू प्रत्यक्ष निर्वाचित साँसद रहेको भन्दै इमान्दार काँग्रेस कार्यकर्ताको सदस्यता समेत जोगाउन नसके अरु जनतालाई कसरी जोगाउन सक्छु भन्दै राजीनामाको घोषणा गरेका हुन् । 

उनले क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिन लागेको बताउँदै सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएको भन्दै राजीनामा बाहेक विकल्प नदेखेको बताए ।

‘सांसद पदबाट राजीनामा दिनुको विकल्प देखेको छैन । यदि क्रियाशीलको विवाद समाधन हुँदैन भने त्यसविरुद्ध मेची महाकाली अभियान चलाउँछु’, सिंहले भने । उनले आफू कांग्रेसबाट निर्वाचित सांसद भएकोले संसदीय दलको नेता मार्फत नै राजीनामा दिन खोजेको बताए ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७८ श्रावण ६ बुधबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus