कानुनन अपराध

रेडबुल बेच्ने चार जना पक्राउ, यस्ता रेडबुल नेपालमा प्रतिबन्ध

उक्त चार जनालाई गत ५ गते न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन गोठाटारबाट रेडबुल बिक्रीवितरण गर्दागर्दै पक्राउ गरेको

२०७८ श्रावण ६ बुधबार
दिउसो ४:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्धक पेय पदार्थ (इनरर्जी ड्रिँक) रेडबुल बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रबिनराज श्रेष्ठ र शक्तिमाता स्टोर कपनका सञ्चालक ओखलढुंगा चम्पादेवीका धनबहादुर श्रेष्ठ, रेडबुल ओसारपसारकर्ताहरू बाँके कोहलपुरका राजु पौडेल र सर्लाही हरीपुरका वीरेन्द्र चौधरी रहेका छन् ।

उनीहरुबाट २०२ वटा कार्टुन बरामद भएको प्रहरीले जनाएको छ। नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन। तर उक्त व्यवस्थाविपरीत व्यापारीहरुले यसको बिक्री जारी राखेको पाइएको छ।

प्रहरीका अनुसार महाशाखाबाट खटिएको विशेष टोलीले उक्त चार जनालाई गत ५ गते न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन गोठाटारबाट रेडबुल बिक्रीवितरण गर्दागर्दै पक्राउ गरेको हो।

  • 5%
  • 5%
  • 5%
  • 15%
  • 5%
  • 55%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७८ श्रावण ६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus