साउदीमा उपचाररत पासवानको परिवारलाई मिथिला एकता समाजको सहयोग
बिनय यादव, सिरहा, २७ फागुन । खाडी मुलुक साउदी अरबमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका मिथिला एकता समाजमा आवद्ध नेपालीहरु निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारको सिलसिलामा विभिन्न पेसामा संलग्न रही साउदी अरबमा बस्दै आइरहेका नेपालीहरु द्वारा गठित मिथिला एकता समाजले अति विपन्न तथा नेपालीहरुलाई

२०७४ फागुन २७ आइतबार, बिहान ८:२१ बजे२ मिनेट पढाइ

बिनय यादव, सिरहा, २७ फागुन । खाडी मुलुक साउदी अरबमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका मिथिला एकता समाजमा आवद्ध नेपालीहरु निरन्तर सहयोगमा जुटेका छन् ।
बैदेशिक रोजगारको सिलसिलामा विभिन्न पेसामा संलग्न रही साउदी अरबमा बस्दै आइरहेका नेपालीहरु द्वारा गठित मिथिला एकता समाजले अति विपन्न तथा नेपालीहरुलाई बिपद परेका बेला भौतिक तथा आर्थिक सहयोग गर्दै आएको छ ।
यसैक्रममा हाल साउदी अरबमा उपचाररत जनकपुर उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाका धर्मनाथ पासवानका परिवारलाई समेत आर्थिक सहयोग गरेका छन् ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २० दुर्गा मन्दिर गाछी टोल, देवपुरा रुपैठाका जुल्मा पासवानका छोरा धर्मनाथ पासवान रोजगारीको सिलसिलामा २०७१ सालमा साउदी अरब पसेका थिए ।
साउदीको अवदुल्ला सईद अल बन्द्री ईन्टरनेशनल कम्पनीमा राम्रो कमाई नभएपछि उनि १ वर्ष पश्चात कम्पनीबाट भागेर काम गर्न थालेका थिए । त्यहि क्रममा ६ महिना नबित्दै सडक दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । घाइते पासवानलाई साउदीको पुलिसले अस्पतालमा भर्ना गराएका थिए ।
उपचारको क्रममा पासवानलाई १ महिना आईसियुमा राखिएको थियोे । १५ दिनपछि होसमा आएको पासवान केही बोल्न र कसैलाई चिन्न नसक्ने गरि थलो परेका छन् । उपचार हुदैं गर्दा अहिले चलफिर गर्ने र डिस्चार्ज गर्ने अवस्थामा हुदापनि आर्थिक समस्या देखिएको छ । पटक पटक दुतावासलाई जानकारी गराईएपनि पासवान ईलिगल छ र अस्पतालको बिल ४० हजार रियालको हाराहारीमा हुँदा हामी असमर्थ छौं भनेर जवाफ फर्काएको छ ।
त्यहाँ कार्यरत अन्य नेपालीहरुले विभिन्न संघ संस्थालाई जानकारी गराएपनि उद्धारमा समस्या देखिएको छ । पासवान हाल किङ्ग फहद हस्पिटल अल हासा साउदी अरेबियामा छन् ।
पासवानको घरमा यतिबेला आमा, वुवा, श्रीमती र ५ जना सन्तानलाई छाक टार्न समेत कठिनाई भएको छ । पासवान परिवार सहयोगको लागि सम्पूर्ण संघसंस्था र नेपाल सरकारलाई समेत आग्रह गर्दै यति खेर उद्धारको पर्खाइमा छ ।
पासवान परिवारलाई सम्बन्धित निकायले कुनै प्रकारको पहल नगरेपछि स्थानीय समाजसेवीहरुले उनको जेठी छोरीकी विवाह यही फागुन २९ गराइरहेका छन् । सोही विवाहका लागि र पासवानको उपचार खर्चका निमित्त सहयोग स्वरुप मिथिला एकता समाजले उनको परिवारलाई भौतिक पहल सहित आर्थिक सहयोग समेत गरेको हो ।
पासवान परिवारका लागि समाजद्वारा सहयोगार्थ संचालित अभियानबाट संकलित २३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको र समाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले आगामी दिनहरूमा पनि अन्य दु:खी, असहाय, पीडितलाई सहयोग गर्न सदैव तत्पर रहने समाजका केन्द्रिय अध्यक्ष जितेन्द्र साहले प्रतिबद्धता जाहेर गर्नुभयो ।
आर्थिक सहयोग सहित भौतिक सहयोग पाएपछि पासवान परिवार सहयोगको रकम ग्रहण गर्दै बिदेशमा रगत र पसिनाको कमाईबाट आफ्नो परिवारको गाँस काटी गरिएको सहयोगले हामीलाई धेरै सहयोग पुगेको भन्दै पासवान परिवार लगायत स्थानीयले दाताहरुलाई धन्यवाद सहित आभार प्रकट गरे ।
विपत्तिमा परेका नेपालीहरुलाई सहयोगकै लागि यो संस्था गठन गरिएको समाजका अभियन्ता विन्देश्वर यादव र बिसुन यादवले बताउनुभयो ।
समाजले यसअघि धनुषाको हंसपुर नगरपालिका-०९ मोरहा टोलका स्व. दिनेश पासवानको अनाथ बालबालिकालाई २६ हजार ४ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…