जनकपुरबाट खुलेको बस सिरहामा पल्टियो, एक जनाको घटनास्थलमै मृत्यू, दर्जनबढी घाईते !
यद्ययी, मृतको सनाखत भने हुन सकेको छैनन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

२०७८ साउन ५ मंगलबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ५ साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरबाट चल्ने एक यात्रुबाहक बस सिरहामा पल्टिदाँ एक जनाको मृत्यू भएको छ ।
प्रदेश नम्बर २ को सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ सन्तनगरस्थित यात्रुबाहक बस पल्टिदाँ एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने करिब १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमै रहेको सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार बसमा २५ देखि ३० जना यात्रुहरु सबार रहेकोमा करिब १५ जना घाईते भएका छन् भने उनीहरुको उपचार स्थानीय आरके मेडिसिटि हस्पिटलमा उपचार भइरहेको छ ।
अपरान्ह करिब ५ बजेतर्फ पल्टिएको सो बसमा सबार एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । यद्ययी, मृतको सनाखत भने हुन सकेको छैनन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।
सडकदेखि तल खेतमा पल्टिएको बसलाई जेसिबीको सहाराले सडकमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान थालेको जनाउँदै मृतकको नाम अहिले खुल्न नसकेको बताए ।
घाईते सबै जनाको अवस्था समान्य रहेको स्थानीयहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…