लापरवाहीले दुर्घटना

जनकपुरबाट खुलेको बस सिरहामा पल्टियो, एक जनाको घटनास्थलमै मृत्यू, दर्जनबढी घाईते !

यद्ययी, मृतको सनाखत भने हुन सकेको छैनन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । 

२०७८ श्रावण ५ मंगलबार
बेलुकी ५:५३ बजे

न्यूज ब्यूरो, ५ साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरबाट चल्ने एक यात्रुबाहक बस सिरहामा पल्टिदाँ एक जनाको मृत्यू भएको छ । 

प्रदेश नम्बर २ को सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ सन्तनगरस्थित यात्रुबाहक बस पल्टिदाँ एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने करिब १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गमै रहेको सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार बसमा २५ देखि ३० जना यात्रुहरु सबार रहेकोमा करिब १५ जना घाईते भएका छन् भने उनीहरुको उपचार स्थानीय आरके मेडिसिटि हस्पिटलमा उपचार भइरहेको छ ।

अपरान्ह करिब ५ बजेतर्फ पल्टिएको सो बसमा सबार एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । यद्ययी, मृतको सनाखत भने हुन सकेको छैनन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । 

सडकदेखि तल खेतमा पल्टिएको बसलाई जेसिबीको सहाराले सडकमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान थालेको जनाउँदै मृतकको नाम अहिले खुल्न नसकेको बताए ।

घाईते सबै जनाको अवस्था समान्य रहेको स्थानीयहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

  • 1%
  • 6%
  • 2%
  • 1%
  • 82%
  • 3%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७८ श्रावण ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus