जनकनन्दनी गाउँपालिकाको बजेट ३७ करोड बढी 

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ ६७ लाख ५४ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रुपैयाँ प्राप्त गरेको छ । 

२०७८ श्रावण ४ सोमबार
रति ८:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको छैठौँ गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ । 

सोमबार भएको छैठौँ गाउँसभाबाट गाउँपालिकाको लागि ३७ करोड बढी बजेट अनुमान गरिएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा अगाडी सारिएको हो । 

गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको सभापतित्व तथा उपाध्यक्ष भारती कार्कीको विशेष आतिथ्यमा आर्थिक बर्ष २०७८÷०७९ को बजेट सार्वजनिकीकरण गरिएको हो । गत आर्थिक वर्षमा अधुरो योजनाहरुलाई मध्यनजर गरी चालु आर्थिक वर्षमा प्राथमिकता दिइने बताइएको छ । 

आर्थिक वर्ष २०७८÷०७९ को लागि कुल ३७ करोड १७ लाख ८१ हजार ४ सय १७ रुपैयाँ २० पैसा अनुमानित बजेट सार्वजनिकीकरण गरिएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको सार्वजनिक सभाहलमा युवा, विद्यार्थी, जेष्ठ नागरिक, कर्मचारी, भद्रभलादी, अधिकारकर्मी, सँचारकर्मी, सुरक्षाकर्मीको उपस्थितिमा बजेट सार्वजनिकीकरण गरिएको हो । 

जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष अशोक कुमार मण्डलले अतिथिहरुलाई स्वागत गर्दै गाउँपालिकाले विगत ४ बर्षमा गरेको प्रगति, भौतिक पूर्वाधार निर्माणको गति, वर्तमान अवस्था र आगामी कार्ययोजनाको बारेमा धारणा पनि राखेका थिए । 

सो क्रममा गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीले चालु आर्थिक वर्षको लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले कोरोना महामारीका कारण अस्तव्यस्त भएको शिक्षा क्षेत्र सहित गाउँपालिकावासीको स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइन् । 

यसका साथै, गाउँपालिकाको केही क्षेत्रमा अझै भौतिक पूर्वाधार निर्माणको कार्य अधुरो रहेकोले यसै आर्थिक वर्षमा प्रत्येक वडामा सडक सँजालको कार्यलाई सम्पन्न गरिने पनि थपिन । 

गाउँसभाको क्रममा गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखले ४ बर्षको अन्तरालमा जनकनन्दिन्ी गाउँपालिकाले शून्यबाट सुरु गरेको विकास निर्माणको कार्यलाई अहिले ८० प्रतिशत बढी पुरयाएको बताए । उनले बाँकी रहेको विकास निर्माणको कार्यहरु यसवर्ष चाँडै नै सम्पन्न भइ नागरिकलाई सुलभता उपलब्ध हुनेमा विश्वास जनाए । 

गाउँसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले चालु आर्थिक वर्षमा कर्मचारीहरुले देखाएको साहस र गरेको कार्यको प्रशँसा गरे । उनले राष्ट्रसेवक कमचारीहरुले नुमना कार्य गरेको भन्दै सम्पूर्ण कर्मचारी टिमलाई प्रशँसा गरे । 

गाउँपालिकाका जनप्रतिनीधि, आम नागरिक, अगुवाहरुले गाउँपालिकाका कर्मचारीहरुसँग गरेको सहकार्यलाई सराहना गर्दै गाउँपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच एक परिवारिक दृष्टिकोण कायम भएको सुनाए । 

उनले गत आर्थिक वर्षमा गाउँपालिकालाई संघिय सरकारबाट वित्तिय समानीकरण तर्फ १० करोड २ लाख, सशर्त अनुदान तर्फ १७ करोड २८ लाख, राजश्व बाँडफाँडको रकम ६ करोड १३ लाख र विशेष अनुदान ५४ लाख प्राप्त गरेको छ । 

सो क्रममा वडा नम्बर १ का वडाध्यक्ष धर्मेन्द्र गोईतले भौगोलिक हिसाबले सधै पिछडिएको जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर १ लाई विकास निर्माणले अग्रसर बनाएको बताए । उनले विगतको वर्षमा नियमित कार्य गर्दा पनि केही राजनीतिक दल, तत्वबाट समेत विकास निर्माणमा अवरोध पुरयाएको कारण कतिपय ठाउँमा भौतिक पूर्वाधारले मूर्त रुप लिन नसकेकोप्रति दुःख व्यक्त गरे । 

उनले वडावासीले साकारात्मक कार्यको लागि पार्टीभन्दा माथि उठेर विकास निर्माणको लागि एक जुट भए विकास निर्माणले तीव्रता पाउनेप्रति विश्वास व्यक्त गरे । 

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ ६७ लाख ५४ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रुपैयाँ प्राप्त गरेको छ । 

गाउँसभामा गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष धमेन्द्र गोईत, वडा नम्बर २ का वडासदस्यहरु, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह बनियाँ, वडा नम्बर ४ का वडाध्यक्ष हरिशचन्द्र कामत, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल, वडा नम्बर ६ का वडाध्यक्ष विक्रम यादव सहित प्रशासन एवम् जिन्सी शाखा प्रमुख रामनरेश ठाकुर, लेखापाल दिपेन्द्र कुमार यादव, सूचना प्रविधि अधिकृत ऋषिकेश यादव सहित गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

 

जनमत पार्टीद्धारा नारावाजी 

गाउँपालिकाको छैठौं गाउँसभाको क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले नारावाजी गरे । गाउँसभा भइरहेको सभाहलको बाहिर केही सँख्यामा रहेका जनमत पार्टीका कार्यकर्ताहरुले हातमा प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । 

उनीहरुले गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने, अध्यक्षले भ्रष्टाचार गरेको, विकास निर्माणको पारदर्शीता गर्नुपर्ने, योजना सँकलन पारदर्शी हुनुपर्ने लगायतका नारा लगाउँदै हल बाहिर प्रदर्शन गरेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

जनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)

  • २०७८ श्रावण ४ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको विभिन्न पदको लागि अनलाईन आवेदन समेत माग गरेको छ ।  प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग

पूरा पढ्नुहोस्

Bureau Menus