समाजिक कुरा

जनकपुरः श्रीमानको सबै सम्पति लिएर श्रीमति गाडी चालकसँग फरार, बच्चा लिएर रुँदै श्रीमान  

उनले विङगर चालक घुरनसँग श्रीमती भागेको कुरा विङगर साहु रूपलालकी श्रीमतिबाट आफुले थाहा पाएको

२०७८ श्रावण ४ सोमबार
बेलुकी ५:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक महिला श्रीमानको सबै सम्पति नै लिएर अर्कैसँग भागेपछि श्रीमानको विच्चली भएको छ ।

धनुषा जिल्लास्थित धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी बस्ने गुडिया देवी साह अर्कैसँग गएपछि उनका छोराछोरीहरू विचलित भएका हुन् । 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ बस्ने विन्देश्वर साह तथा किरण देवी साहकी छोरी गुडिया देवी गएको असार ७ गते घरपरिवार छाडेर हिँडेकी हुन् । 

उनका पति रामप्रकाश साहले करिब ४/५ वर्ष पहिले देखिनै मिथिला नगरपालिका ७ बस्ने विङगर चालक घुरन यादवसँग पत्नीको सम्बन्धमा रहेको खुलासा गरे । यो कुरा छोराछोरीसमेत थाहा पाएको र आफुले श्रीमतीलाई यस्तो गर्नुहुँदैन भनेर पटक पटक सम्झाएको पनि बताए ।

धारापानीको मुख्य चोकमा फलफूल व्यवसाय गर्दै आएकी गुडियाको चिनजान घुरनसँग फलफूल ल्याउने क्रममा भएको बताइन्छ। सामान्य चिनजानलाई सम्बन्ध राखी म र मेरो घरपरिवारको प्रतिष्ठा गुमाएको उनको भनाइ छ।

करिब १ वर्ष अगाडि गुडिया र घुरन महेन्द्रनगरस्थित ससुराली घरमा सँगै सुतेरबसेका कुरा उनकी कान्छी छोरी दिपिकाले देखेपछि बुबालाई भनेकी थिइन्। त्यसपछि पति रामप्रकाशले श्रीमतीलाई गलत काम नगर्न पटक पटक सुझाव पनि दिए। 

गुडियाको अबैध सम्बन्धबारे उनका आमाबुबालाई आफुले जानकारी गराएपनि बेवास्ता गरेको र उल्टै मलाई नै धम्की दिने गरेको उनले आरोप समेत लगाए । आमाबुबाकै संलग्नतामा गुडिया विङगर चालकसँग फरार भएको रामप्रकाशको कथन छ।

गुडिया घरबाट नगद साँढे ५ लाख र विभिन्न बैंकमा बचत गरेको रकम करिब ५ लाख तथा आफुले प्रयोग गरिरहेको ४ तोला र छोरीको साँढे ४ तोला सुन लिएर फरार भएकी हुन् ।

उनले विङगर चालक घुरनसँग श्रीमती भागेको कुरा विङगर साहु रूपलालकी श्रीमतिबाट आफुले थाहा पाएको बताए ।

यस विषयमा इलाका प्रहरी कार्यालय ढल्केवरमा असार १० गते किटानी जाहेरी परिसकेको छ । तर, हालसम्म प्रहरीले यसबारे कुनै चासो नदेखाएको उनले बताए ।

गुडियाको आमाबुबासँग सम्पर्क हुन सक्ने भन्दै  ९८२६८६६६६९, ९८१६८५१६३५, ९८२४८५९२६२ नम्बर सार्वजनिक समेत गरे । 

रामप्रकाश र गुडियाका जेठी छोरी राधा साह १३ वर्ष, छोरा मञ्जित साह ११ वर्ष, छोरी ज्योती साह ७ वर्ष र कान्छी छोरी दिपिका साह ४ वर्षका छन् । 

करिब १५र१६ लाख बराबरको सम्पत्ति लगेपछि कलिला छोराछोरीको बिचल्ली हुने भन्दै रामप्रकाशले घर तथा बैंकबाट लगेको रकम र सुन फिर्ता गर्न आग्रह गर्दै मिडियामा आएको बताए ।

वि.सं. २०६३/६४ तिर रामप्रकाश र गुडियाको विवाह भएको बताइएको छ। उनीहरूले मागी विवाह गरेका थिए।

खोजकेन्द्रको सहयोगमा

  • 71%
  • 6%
  • 1%
  • 1%
  • 3%
  • 19%

देउवाको संघर्षपूर्ण कार्यकाल

  • २०७८ श्रावण ४ सोमबार
  • आशिक अल्ली

गत वर्षको पुस ५ मा पहिलो पटक निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे। पहिलो विघटनमा प्रमुख प्रतिपक्षका  दलमा रहेका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चुपचाप  राजनीतिकमा  थिए। उनलाई

पूरा पढ्नुहोस्

Bureau Menus