सिरहामा प्रहरी नै गर्छन तस्करी, बोर्डरमा 'रेणु' तस्करसँग प्रहरीको दुवै लाईन
बोर्डरमा रेणुलाई नचिन्ने कमै होलान् । र, यसलाई मूर्त रुप दिएको छ नेपाल प्रहरीले ।

२०७८ साउन ४ सोमबार, बिहान ८:५५ बजे२ मिनेट पढाइ

न्युज ब्यूरो, ४ साउन । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित सिरहा प्रहरी नै तस्करीमा सँलग्न रहेको पाइएको छ । बोर्डरमा सिरहा प्रहरीको तस्करसँग लाईन मात्र नभएर समान पार गर्ने जिम्मा पनि उठाएको छ ।
सिरहाको बरियारपट्टि गाउँपालिकास्थित नेपाल–भारत सीमा (बोर्डर) मा खटेको नेपाल प्रहरी नै तस्करीमा सँलग्न देखिएको छ । त्यहाँ भारतबाट समान ल्याउनेसम्म पनि कार्य प्रहरीले गर्ने गरेको छ ।
आईतबार न्यूज ब्युरोका सिरहा प्रमुख सबिन यादवले गरेको स्टीँग अपरेशनको क्रममा नेपाल प्रहरीका कर्मचारीले बोर्डरमा नामुद तस्कर मानिने रेणु सँगको सेटिँगमा तस्करी गर्ने गरेको देखिएको छ ।
बोर्डरमा रेणु तस्करको नाम चल्छ, ५ किलोदेखि ५ क्वीन्टलसम्मको समान पनि भारतबाट ल्याउन रेणु बोर्डरमा नामुद तस्करको रुपमा परिचित छिन् । तर, नेपाल प्रहरीसँग रेणुको पार्टनरसीप चलेको छ ।
भारतबाट भन्सार छली गरेको समान ल्याउन रेणुको सिक्का चल्छ । त्यहाँ, नेपाल प्रहरीको कर्मचारीले रेणुलाई लाइन मिलाउँछ, रेणु त्यस वापत प्रहरीलाई कमिशन दिन्छन् ।
भारतबाट समान ल्याउनको लागि विभिन्न ठुल ठुला व्यापारीहरुले रेणु मन्त्र अपनाउँछन् । सिरहाको विभिन्न व्यापारीहरुले भारतबाट समान मगाउँदा रेणु मार्फत मगाउँछन् । बोर्डरमा रेणुलाई नचिन्ने कमै होलान् । र, यसलाई मूर्त रुप दिएको छ नेपाल प्रहरीले ।
बरियारपट्टि बोर्डरस्थित नेपाल प्रहरीले खटाएको प्रहरीले तस्करबाट मात्र नभएर आम नागरिकबाट पनि बिना रकम चलान गर्न दिँदैन । व्यापारीहरु भारतबाट मालसमान तस्करी गर्दा बोर्डर नजिकै तैनाथ रहेको नेपाल प्रहरीले लाइन मिलाएको छ । उनीहरुले ५०० देखि १००० सम्म प्रति व्यापारी लिएर समान ठाउँसम्म ल्याउन मदत गर्ने गरेको छ ।
ब्यूरोकर्मी सबिन यादवले गरेको अपरेशनल भिडियोमा प्रहरीले नै रेणुसँग कुरा मिलाउन सल्लाह दिएको प्रष्ट देखिन्छ । प्रहरीका एक कर्मचारी भन्छन्–“रेणु त बोर्डरमा पैसा तिर्छ, अनि त उसको काम हुन्छ नी, अनि न उसको नाम पनि हो यहाँ ।” यसले यो प्रष्ट हुन्छ की प्रहरीको सेटिँग सीधा रेणुसँग छ ।
त्यति मात्र होईनन, व्यापारीलाई सघाउने महिला तस्करहरुसँग प्रहरीको कुराकानीले उनीहरुको सम्बन्धलाई पनि प्रष्टाएको देखिन्छ (भिडियो छ)
(भिडियो प्रमाणहरु सुरक्षित छ )
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…