ट्रयाकमा आएको खँसी बाख्रालाई किच्दै रेलको स्पीड टेष्ट
ट्रयाकमा गाई, भैँसी, बाख्रा सहित कुनै पनि समान र बालबालिकाहरुलाई नछाडन आग्रह गरेको थियो ।

२०७८ साउन ३ आइतबार, दिउँसो १२:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ३ साउन । बहुप्रतिक्षित नेपाल रेल्वको ट्रयाक टेष्ट आज विहान गरिएको छ । धनुषाको इनर्वा हल्टबाट छुटेको रेल्वेले ट्रयाकमा आएको जनावरहरुलाई काटदै पार भएको छ ।
ठिक ११ः१५ बजे घुम्टो हटाइएको जयनगर–जनकपुर रेल्वे खजुरी महुवास्थित ट्रयाकमा रहेको एक खँसी र एक बाख्रालाई काटदै पार भएको स्थानीयहरुले जनाएको छ । ११ः४८ बजे कुर्था स्टेशन पुगेको हो । कुल ३३ मिनेटमा १२० किलोमिटर प्रतिघण्टाको स्पीडले कुर्था पुगेको हो ।
रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले दुई तिन दिन अगावै नै सूचना जारी गरी साउन ३ गते रेल्वे ट्रयाकको परीक्षण हुने भन्दै ट्रयाकमा गाई, भैँसी, बाख्रा सहित कुनै पनि समान र बालबालिकाहरुलाई नछाडन आग्रह गरेको थियो ।
.jpg)
सोही क्रममा आज गरिएको ट्रयाकको स्पीड टेष्टको क्रममा खजुरीबाट निस्कदैँ महुवास्थित रहेको ढल्ला नजिकै ट्रयाकमा रहेको बाख्रा र खँसीलाई किच्दै पार भएको हो ।
खजुरी स्टेशनदेखि केही पश्चिम महुवा स्थित ट्रयाकमा आउन खोजेको खँसीलाई झटकाले नै मृत्यू भएको तथा ट्रयाक चढन खोजेको बाख्राको घाँटी छिनिएको हो । ११ बजे छुटेको रेल्वेको ट्रयाक स्पीड टेष्ट जनकपुर हुँदै कुर्थासम्म गरिएको हो ।
३३ मिनेटको अन्तरालमा खजुरीदेखि कुर्थासम्म अन्य कुनै पनि स्थानमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महुवामा खँसी बाखा काटिएको बारे पनि कुनै रिपोर्टिँग नभएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…