राजनीतिक दाउ

सँसद जोगाउन पनि देउवालाई विश्वासको मत दिन्छौँ : नेपाल 

त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए ।

२०७८ श्रावण ३ आइतबार
बिहान ११:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । 

उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।

​‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।

त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाकी साँसद मन्जु शर्मा अन्सारीको मृत्यू

  • २०७८ श्रावण ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट

पूरा पढ्नुहोस्

Bureau Menus

} }