मधेश सरकारमा माओवादी
जसपाबाट मन्त्री रहनु भएका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले हिजो मात्रै राजिनामा गरेको हो ।

२०७८ साउन २ शनिबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ (मधेश सरकार) मा माओवादीले पनि आज इन्ट्री हानेको छ । यसअघि जसपाको सरकार रहेकोमा नेपाली काँग्रेस र माओवादी पनि प्रवेश गरेको छ ।
शनिबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गरेको आन्तरिक मामिला तथा संचार मन्त्री मन्त्री भरत प्रसाद साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा सपथ ग्रहण गराउनु भएको हो ।
त्यसै गरि नवनियुक्त आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले सपथ ग्रहण गराएका हुन् ।
जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी लाई सरकारमा सहभागी गराउन जसपाबाट मन्त्री रहनु भएका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले हिजो मात्रै राजिनामा गरेको हो ।
सपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायधिश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…