राजनीतिक उथलपुथल

मधेश सरकारमा माओवादी अटाउन यी दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्रीहरु आजै किरिया खाने 

शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तयारीमा छन्। 

२०७८ श्रावण २ शनिबार
बिहान ०८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । केन्द्र सरकारमा देखिएको राजनीतिक उथलपुथलबीच प्रदेश २ को सरकारमा पनि माओवादी पसाउन दुई मन्त्रीले राजीनामा दिएका छन् । 

माओवादीलाई सरकारमा सहभागी गराउन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्।

नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न उनीहरूले राजीनामा दिएका हुन्। राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको कुशवाहाले बताए। शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तयारीमा छन्। 

मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्। मन्त्री बन्न लागेको भरतप्रसाद साह महोत्तरी जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् भने रुबि कर्ण सप्तरी जिल्ला निवासी हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र आन्तरिक विवाद चर्किएपछि मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ खोजेका थिए । माओवादीले प्रदेश सरकारलाई समर्थन गरेपनि भागबण्डा नमिल्दा सरकारमा सहभागी भएको थिएन । कांग्रेस सरकारमा सहभागी भइसकेको छ ।

अब माओवादी संसदीय दलका नेता भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । आज शनिवारै दिउँसो ३ बजे साहको शपथ कार्यक्रम रहेको जनाइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७८ श्रावण २ शनिबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus