प्रदेश २ मा सवारीको नयाँ कर निर्धारण, कुन गाडीको कति कर ?
प्रदेश सरकारले नीजि सवारी साधनहरुमा ५०० देखि १००० सम्म कर बढाएको छ भने सार्वजनिक यातायातहरुमा कर घटाएको हो ।

२०७८ साउन २ शनिबार, बिहान ८:०३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ आर्थिक वर्ष २०७८/०७९ देखि सवारी साधनमा नयाँ कर दर तोकिएको छ । सवारी साधानको करमा घटबढ गरिएको छ ।
प्रदेश नं. २ मा सवारी साधनको कर अघिल्लो आर्थिक वर्षमा केहीमा यथावत राखिएपनि यसपाली सवारीहरुहरुमा भने कर वृद्धि गरेको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको नयाँ कर दरमा वृद्धि गरेको जनाएको छ ।
प्रदेश नं. २ को सवारी साधन करमा निजी सवारी साधनको लागि ५५,००० रुपैयाँसम्म कर तोकिएको हो । नयाँ दरमा कार, जीप, भ्यान र माईक्रो बसको लागि १००० सिसिसम्ममा २०,००० रुपैयाँसम्म कर तोकिएको हो ।

यस्तै १००१ सिसिदेखि १५०० सिसिसम्मको २२ हजार रुपैयाँ, ५१०१ देखि २००० सिसिसम्मको गाडीमा २५ हजार रुपैयाँ तोकिएको छ । २००१ देखि २५०० सिसिसम्ममा ३५ हजार, २५०१ देखि २९०० सिसिसम्म ४० हजार रुपैयाँ तथा २९०१ देखि माथिको मा ५५ हजार रुपैयाँसम्म कर लिने भएको छ ।
यस्तै, डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर र क्रेन जस्ता मेसिनरी उपकरणमा पनि कर तोकिएको छ । त्यसको लागि प्रदेश सरकारले नीजी प्रकारको सवारीमा ३८ हजार रुपैयाँ एकमुष्ट तोकेको हो । यसका साथै, मिनीटिपरको लागि २७,००० रुपैयाँ तोकिएको हो ।
प्रदेश सरकारले अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पो, ट्रेक्टर र पावर टिलरमा ३,५०० रुपैयाँ कर तोकिएको हो । अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पोको लागि ५,००० हजार, ट्रैक्टरमा ४ हजार रुपैयाँ , पावर टिलरमा ३ हजार, मिनिट्रक र मिनीबसमा २४,००० तथा ट्रक र बसको लागि ३२ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।
यस्तै मोटरसाईकल अर्थात दुई पाँग्रे सवारीको हकमा १२५ सिसिसम्मको मोटरसाईकलमा २७०० सय रुपैयाँ, १२६ देखि १६० सिसिसम्म ४ हजार ५०० रुपैयाँ, १६१ सिसिदेखि २५० सिसिसम्म ६,००० रुपैयाँ, २५१ देखि ४०० सिसिसम्म १० हजार रुपैयाँ तथा सो भन्दा माथिकोमा १७,००० रुपैयाँ कर तोकिएको हो ।

प्रदेश सरकारले सार्वजनिक रुपमा चलाउने सवारीको लागि अलगै कर कायम गरेको छ । सरकारले कार, जीप, भ्यान र माईक्रोबसको लागि वार्षिक ८ हजार रुपैयाँ देखि १७ हजारसम्म तोकेको छ ।
भाडाबाला (सार्वजनिक) गाडीको लागि १३०० सिसिसम्म ८ हजार रुपैयाँ, १३०१ देखि २००० सिसिसम्म ९ हजार ५०० रुपैयाँ तोकेको छ । जुन गत वर्ष ८ हजार रहेकोमा यसवर्ष १००० रुपैयाँ बढाएको हो । यस्तै, २००१ देखि २९०० सिसिसम्म ११ हजार ५०० रुपैयाँ तोकिएको छ । यसमा पनि ५०० रुपैयाँ बढाएको हो ।
त्यस्तै, २९०१ देखि ४००० सिसिसम्मको गाडीको लागि १३ हजार ५०० रुपैयाँ , ४००० भन्दा माथिको सिसिमा १६,००० रुपैयाँ बार्षिक रुपमा कर तिर्नुपर्ने भएको छ । डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेसिनरी उपकरणको लागि एकमुष्ट १८,००० हजार रुपैयाँ भर्नुपर्ने हुन्छ ।

भाडाबाला अटोरिक्सा, थ्री ह्वीलर र टेम्पोको लागि बार्षिक ४ हजार ५०० रुपैयाँ, ट्रेक्टरको लागि ३५००, पावर टिलरको लागि २ हजार रुपैयाँ तोकिएको हो जुन की गत वर्षकै करलाई यथावत राखिएको हो ।
यसका साथै, मिनीबस र मिनि ट्रकको लागि १२ हजार पाँच सय रुपैयाँ तथा मिनी ट्रिपरको लागि १४ हजार पाँच सय रुपैयाँ बार्षिक कर तिर्नुपर्ने भएको छ भने सार्वजनिक ट्रक र बसको लागि १६ हजार पाँचसय रुपैयाँ बार्षिक बुझाउनुपर्ने भएको छ । यी सबैमा ५०० रुपैयाँ थप गरिएको हो ।
यस्तै, विद्युतिय सवारी साधन दर्तामा पनि प्रदेश सरकारले कर दस्तुरलाई यथावत राखेको छ । गत वर्षकै दर अनुसार यसवर्ष पनि विद्युतिय मोटरसाईकलमा ५००, चारचक्का भन्दा कममा ५००० र चारचक्काभन्दा माथिमा ७५०० सम्म दस्तुर तोकेको हो ।
प्रदेश सरकारले नीजि सवारी साधनहरुमा ५०० देखि १००० सम्म कर बढाएको छ भने सार्वजनिक यातायातहरुमा कर घटाएको हो ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…