अनी, यसरी समाज परिवर्तन होला त ?

तर, हामी यी सब लाई बिर्सेर कुनै उल्झनमा फँसिरहेका छौ । बस, अघिल्लो पुस्ताको बिकृतीका अंश बनेर बसेका छौ (लठैत कार्यकर्ता) ।

२०७८ श्रावण १ शुक्रबार
रति ८:५४ बजे
नागेश्वर राय

हामीले खोजेको समाज यहि हो ? के यसरी परिवर्तन सम्भव छ त ?  हामी समाज बनाउदैछौ कि तहसनहस पार्दैछौ ? आउने पुस्ताले हामीमाथि गर्व गर्न लायक समाज बनाउदै छौ हामी ?

यी प्रश्नहरु आफै लाई सोधौ, म स्वयँमबाट उतर खोज्ने प्रयास गर्दै छु, तर मनले सन्तोषजन्क जवाफ आइरहेको छैन । क्षणिक र व्यक्तिगत लोभ लालचमा फँसेर यस् पुस्ता आफनै परिचय समेत गुमाउदै गइरहेको छ । भ्रष्ट संस्कार नफेरि यस पुस्ताबाट समाज निर्माणको अपेक्षा राख्नु र गर्छु भन्नू हाँस्यास्पद नै हो, हैन र ?

युवा आफैमा एक शक्ति हो, यसलाई अरु कुनै शक्ति को आबश्यक्ता नै छैन । यसलाई वायुको अर्को रुप भन्न सकिन्छ । हो, हाम्रो समाजले पनि हामीबाट हाम्रो वायु  (क्रान्ति) रुप खोजिरहेको छ ।

चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भनेका छन्– “युवाहरू हो, यो संसार तिमीहरूको हो ।” यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङ जस्ता महान् व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेका, समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् भन्ने मान्न सकिन्छ । 

तर, हामी यी सब लाई बिर्सेर कुनै उल्झनमा फँसिरहेका छौ । बस, अघिल्लो पुस्ताको बिकृतीका अंश बनेर बसेका छौ (लठैत कार्यकर्ता) ।

वर्तमान समयमा अरुलाई गालि गर्नु, टीकाटिप्पणी, ईर्ष्या बाहेक हामी के नै गरिरहेको छौ ? के त्यस्तो तरिकाले हामी आदर्श समाज बनाउन सक्छौ ? हामी यस्ता युवाहरु हौ जो अरु लाई उस्को काम प्रती टीकाटिप्पणी गर्ने हमेसा तयार रहन्छ तर आफु आफनो कर्तव्य बाट हमेसा पन्छिन खोज्छ । के यसरी समाज बन्ला त ?

तपाई आफनो छाती माथि हाथ राखेर भन्नुस त, के तपाई इमानदारीपूर्वक आफनो कर्तव्य निर्वाह गर्नुभएको छ ? म त भन्छु, म चुकेको छु, बारबार गल्ती भयो होला पनि, तर प्रयास जारी राखेको छु । के हामी एक अर्का लाई गालि गलौज , टीका टिप्पणी बाहेक केही गरिरहेका छौ, छैनौ  ।  

 हामी नयाँ सोच, फरक बिचारलाई अङाल्न सक्ने कुरा छोडौ, सम्यमता पुर्वक सुन्न पनि सकिरहेका छैनौं । हामी युवा एक अर्का लाई सहयोग गर्नु टाढाको कुरा भयो, केहि गर्न खोजिरहेकोलाई समेत कम्जोर र असहयोग गर्नेगरेको मैले स्वम देखेको छु । 

हामीमा एकता हुनैपर्ने ठाँउमा समेत तितरबितर भएका छौ, कमजोर बनिरहेका छौ । समान उद्देश्य बोकेर संगै पाइला सारेका युवा समुहहरुमा पनि फुट्ने कार्यले तीब्र गति लिइरहेको छ । के यसरी समाज निर्माण होला त ? सम्भव नै छैन, यस्तो पराले सकारात्मक परिवर्तन मलाई असम्भव लाग्छ । 


हो, हामी ले बिसङ्ग्ती, बिकृतीलाई उखाल्नु पर्छ, क्रान्ति को प्रतिक बन्नु पर्छ तर हामी आफैमा फुट भएर, गाली गरेर सम्भब छैन। हामी उर्जाशिल युवाहरू हौ, आउ समाज बनाउन एकबद्ध हौ ।


नागेश्वर राय, सिरहा 

  • 94%
  • 2%
  • 0%
  • 1%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ श्रावण १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus

} }