कान्छो मेयरद्धारा कान्छा छात्रछात्रालाई पोशाक
न्यूज ब्यूरो || धनुषा, २६ फागुन । मुलुककै कान्छो मेयर धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले पुनः सराहनीय कार्यलाई प्रश्रय दिएका छन् । मेयर बरबरियाले आफ्नो नगरपालिका भित्र सँचालित समुदायिक विद्यालयका छात्रछात्राहरुलाई पोशाक वितरण गरेका छन् । नगरपालिका भित्र रहेको रामप्रीत आधारभूत बिद्य

२०७४ फागुन २६ शनिबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, २६ फागुन । मुलुककै कान्छो मेयर धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले पुनः सराहनीय कार्यलाई प्रश्रय दिएका छन् ।
मेयर बरबरियाले आफ्नो नगरपालिका भित्र सँचालित समुदायिक विद्यालयका छात्रछात्राहरुलाई पोशाक वितरण गरेका छन् ।
नगरपालिका भित्र रहेको रामप्रीत आधारभूत बिद्यालय कुम्भकर्णका स साना छात्रछात्राहरुलाई विद्यालय पोशाक स्कूल ड्रेस वितरण गरेका हुन ।
विद्यालयका प्र.अ. बिश्वनाथ यादव, वडा न. १ का वडाध्यक्ष तेजीलाल यादव, सुरेश कापर, लगायत विद्यालयको सम्पूर्ण विद्यार्थीहरुको रोहबरमा पोशाक वितरण गरिएको थियो ।
पोशाक वितरणपछि स साना बालबालिकाहरुले खुसी व्यक्त गरेका थिए भने अभिभावकले समेत मेयरको यस्तो कार्यलाई प्रशँसा गरेका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…