मननीय “परमादेशले जनादेश ओझेलमा पर्ला की ?“

२०७८ असार ३१ बिहीबार
दिउसो ४:४७ बजे
पप्पु चौधरी

सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक परमादेश, नेपाली कांग्रेस र जनअपेक्षा । सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक परमादेशसँगै नेपाली कांग्रेसका सभापति माननीय शेर बहादुर देउवाको नेतृत्वमा सानो मन्त्रिमण्डल सहितको सरकार गठन भएको छ ।

नेपाली कांग्रेसको नेतृत्व र नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमाले माधव समूह लगायतको सहभागिता सरकार रहने करिब करिब सुनिश्चित छ । सम्मानीय प्रधानमन्त्री बाहेक मन्त्रिपरिषद् मा गृह र कानून मन्त्री नेपाली कांग्रेसबाट सपथ लिइसकेको छ र केही थप मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसले गर्नेमा कुनै दुविधा पनि छैन ।

तर मननीय कुरा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा देशको कुल १६५ निर्वाचन क्षेत्रमध्ये देश कै एक मात्र सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यमा माननीय डा. अमरेश कुमार सिंह सहित दुवै प्रदेश सभा सदस्य निर्वाचित छन् । यो आफैमा नेपाली कांग्रेसको लागि गौरव र नेपाली काँग्रेसले प्राथमिकतामा राख्ने विषय हो ।

अहिले समयको चक्रसँगै जनादेशबाट नभएपनि परमादेशबाट नेपाली कांग्रेसको पार्टी सभापति माननीय शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढेको छ । महत्त्वपूर्ण मन्त्रालयहरूको गरिमामय मन्त्री पदका लागि सुयोग्य व्यक्तित्व अझै छनौट कै प्रक्रियामा रहेको छ ।

नेपाली कांग्रेसको साख जोगाउन सफल एवं काँग्रेसजन गौरवान्वित हुने ऐतिहासिक निर्वाचन क्षेत्रबाट जननिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय डा. अमरेश कुमार सिंहलाई उच्च सम्मानका साथ मन्त्रिपरिषद् मा स्थान दिनेमा त्यस क्षेत्रका जनता आशावादी हुनु स्वभाविक नै हो ।

नेपाली कांग्रेसले जनमतको सम्मान गर्ने हो÷ होइन ? इतिहासलाई गौरवमय ऐतिहासिक बनाउने हो÷ होइन ? जनअपेक्षा र जनचाहनाको सम्मान गर्ने हो÷होइन ? सर्लाही काँग्रेसजनको लागि प्रतिक्षाको विषय बनेको छ भन्दा अनुपयुक्त नहोला ।

तत्कालीन शस्त्र माओवादी र सरकार बीच भएको वृहत शान्ति सम्झौता र २०६२/६३ को जनआन्दोलनमा अहम भूमिका खेल्नु भएको भनी नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम दश जना प्रतिनिधि सभा सदस्य मनोनयनमा पर्नु भएका डा अमरेश कुमार सिंह एकाएक नेपाली राजनीति वृतमा चर्चा बनेका थिए ।

संविधान सभा निर्वाचन, २०६४ मा सर्लाही क्षेत्र नं ४ बाट खुला राजनीतिमा होमिएका सिंह सम्मानजनक हार व्यहोरा थिए । तर पनि केन्द्रीय राजनीति र जनसेवामा तत्पर रहि नै रहे । संविधान सभा निर्वाचन, २०७० र प्रतिनिधि सभा निर्वाचन, २०७४ मा प्रत्यक्ष निर्वाचन हुनु भएका नेता सिंह जवाहरलाल नेहरू विश्वविद्यालय,दिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विधावारिधी गर्नु भएको छ ।

स्वच्छ छवि, राजनीति भविष्यवाणी र खरो राजनीति विश्लेषणका कारण पटक पटक चर्चामा आइरहनु हुन्छ । देशमै सर्लाही क्षेत्र नं ४ मा मात्र हाल प्रतिनिधि सभा र दुवै प्रदेश सभा सदस्य जितेका छन ।

यो अवस्थामा पनि नेपाली कांग्रेसको मूल्यांकनमा सर्लाही र डा. अमरेश कुमार परेन भने नेपाली कांग्रेस जनादेशको अवमूल्यन गरेको ठहन हुने देखिन्छ । तसर्थ नेपाली कांग्रेसको ध्यानाकर्षण होस शुभकामना । “मेरो विचार, मेरो शब्द“ घतलागेमा कमेन्ट सहित सेयर गर्नु होला ।


पप्पु चौधरी पूर्व नेका जिल्ला सचिव, सर्लाही

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७८ असार ३१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus