जनकपुरमा पहिलो चोटी निःशुल्क पशु स्वास्थ्य शिविर
धनश्याम मिश्र || जनकपुरधाम, २६ फागुन। जनकपुरमा पहिलो चोटी पशुजन्य जीवहरुको एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविर सँचालनप्रति जनकपुर उप महानगरपालिकाकी उप मेयर रीता झाले सराहनीय कार्यको सँज्ञा दिएकी छन् । शिविरको सफलताको कामना गर्दै उपमेयर झाले यस प्रकार का शिविरहरु उप महानगरपालिकाक

२०७४ फागुन २६ शनिबार, बिहान ९:४९ बजे१ मिनेट पढाइ

धनश्याम मिश्र ||
जनकपुरधाम, २६ फागुन। जनकपुरमा पहिलो चोटी पशुजन्य जीवहरुको एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
शिविर सँचालनप्रति जनकपुर उप महानगरपालिकाकी उप मेयर रीता झाले सराहनीय कार्यको सँज्ञा दिएकी छन् ।
शिविरको सफलताको कामना गर्दै उपमेयर झाले यस प्रकार का शिविरहरु उप महानगरपालिकाको प्रत्येक वार्डमा हुनुपर्ने जिकिर गरेकी छिन् ।
जनकपुरको वडा नं. ८ स्थित वाल्मीकिनगर वलवाटोलमा शिविरमा सहभागि हुंदै झाले किसानहरूको लागि यो शिविर अति नै महत्वपूर्ण भएको जिकिर गरिन् ।
बजरंग भेट्नरी एंड एग्रीकल्चरल रिसर्च सेन्टर को आयोजना र स्थानीय केही युवाहरुको सहयोगमा एकदिने शिविरमा गाई, भैसी, कुखुरा, कुकुर लगायत पशुजन्य जीवहरुको उपचार र निशुल्क औषधि वितरण कार्य भएको हो ।
आज बिहान ८ बजे देखी सुरु भएको उक्त शिविर दिनको १२ बजे सम्म चल्ने आयोजकले जनाएको छ ।
शिविरमा नागरिक समाजका अगुवा अमर चंद्र अनिल, महिला नेत्री सरिता शर्मा , युवाअगुवा सहितका उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…