महोत्तरीको भँगहामा गैर–कानुनी खोला उत्खनन, प्रहरी नै ठेकेदारको बडिगार्ड
खाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडी नबढाएको भंगहा चौकीका सय भरत शिलवालले बताए ।

२०७८ असार ३१ बिहीबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको विभिन्न क्षेत्रमा रहेको खोला उत्खनन अझै पनि रोकिएको छैनन् । प्रशासनिक निकाय नै ठेकेदारलाई सँरक्षण गर्न थालेपछि गैर–कानुनी रुपमा उत्खनन भइरहेको छ ।
सोही क्रममा महोत्तरी जिल्लाको महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ बिर्ता सिमा क्षेत्रबाट एक्साभेटर, जेसीबी प्रयोग गरेर अवैध रूपमा उत्खनन भइरहेको छ ।
स्थानीय प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयको आरोप छ । रातको समयमा खोलामै अव्यवस्थित तरिकाले २५ फिटभन्दा बढी खाल्डो बनाइ अवैध उत्खनन गरिरहेको स्थानीयको भनाइ छ ।
प्रहरी प्रशासनले नदेख्ने गरी एक्साभेटर नै खाल्डोमा लुकाएर दिनरात नै अवैध तरिकाले उत्खनन गर्न गरिएको छ । खोला ठेक्का अहिले बन्द भएको भएपनि खोला क्षेत्रबाट अवैध नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।

ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध छ । तर, ठूला उपकरण यन्त्र प्रयोग गरेर खोलामा उत्खनन भइरहेको छ । स्थानीय सरकारले रोक्ने प्रयास नगरेको स्थानीयको आरोप छ ।
प्रहारीमा स्थानीयको कडा दबाब पछि मंगलबार बेलुकाको ६ बजे तिर भंगहा नगरपालिका-४ स्थित बिर्ता र पशुपतिनगरको बिचमा रहेको खोलाको खाल्डोमा ना.१ क. ५८५२ नम्बरको जेसिबी भंगहा प्रहरीले समातियो । तर जेसिबीका चालक फरार भए ।
खाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडी नबढाएको भंगहा चौकीका सय भरत शिलवालले बताए ।
यता, भंगहा नगरपालिकाका मेयर संजिव साहले उत्खननको विषयमा केहिपनि जानकारी नभएको बताउँछन । ठेकेदारसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतोमा अबैध उत्खनन् हुने गरेको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार, भँगहा नगरपालिकाका मेयर सँजीव साह समेतले ठेकेदारबाट कमिशन लिएर उत्खनन गर्न दिएको आरोप छ । अन्य क्षेत्रमा चनाखो मानिएको मेयर साहले आफ्नै नगरभित्र उत्खनन हुँदा चुप्पी लादनु मिलोमत्तो स्वभाविक देखिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…