जनकपुरः खेत जोत्दै गर्दा ट्रयाक्टर पल्टिदाँ चालकको मृत्यू
मनोजको लासलाई पोष्टमार्टमको लागि अहिले प्रादेशिक अस्पताल जनकपुरस्थित राखिएको छ ।

२०७८ असार ३० बुधबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित ट्रयाक्टर पल्टिदाँ एक युवकको मृत्यू भएको छ ।
जनकपुरधामदेखि केही मात्र दुरीमा रहेको धनुषाको लक्ष्मीनियाँस्थित खेत जोत्दै गर्दा ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार (आज ) बिहान १०ः३० बजेको समयमा ज १ त ५९०१ नम्बरको ट्रयाक्टर पल्टिदा स्थानीय मनोज साहको मृत्यू भएको हो । खेत जोतिरहेको बेला मनोजले चलाएको ट्रयाक्टर पल्टेपछि किचिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर पल्टिदा गम्भिर घाईते भएका साहको उपचारका लागि जनकपुरधाम ल्याउने क्रममै मृत्यू भएको छ । दुर्घटना भएको ट्याक्टर पनि साहकै रहेको बताइएको छ ।
मनोजको लासलाई पोष्टमार्टमको लागि अहिले प्रादेशिक अस्पताल जनकपुरस्थित राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…