सिरहाबाट अटोमेटिक पेस्तोल सहित यादवद्धय पक्राउ
२ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

२०७८ असार २८ सोमबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अटोमेटि पेस्तोल सहित सिरहा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।
सोमबार अपरान्ह ४ः०० बजेको समयमा २ नम्बर प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको सँयुक्त टोलीले अटोमेटि पेस्तोल सहित दुई युवकलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर ९ स्थितमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २६ को रामकुमार यादव र सोही स्थान बस्ने वर्ष २२ को रुपेश यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीले शंका लागी चेकजाँच गर्दा राम कुमार यादवको साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन र टाईप ७७ लेखिएको २ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…