प्रदेश २ः सिडिओको नक्कली साईन गरेर सवारी पास बनाउने दुई युवक पक्राउ
कलवारलाई पनि स्टुडियोबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७८ असार २८ सोमबार, दिउँसो १२:१४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ स्थित सिडिओको नक्कली साईन गरेर सवारी पास बनाउने दुई जना युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बारामा जिल्ला प्रशासन कार्यालयको किर्ते छाप र दस्तखतबाट नक्कली सवारी पास बनाउने उपकरणसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १७ निवासी २१ वर्षीय जयनारायण प्रसाद जयवाल र वडा नम्बर ३ निवासी ३० वर्षीय गोपाल प्रसाद कलवार रहेका छन् ।
जयसवाललाई जिल्ला प्रशासन कार्यालय बाराको किर्ते छाप र दस्तखत भएको सवारी पास प्रयोग गरेर सवारीसाधन चालाईरहेको अवस्थामा पक्राउ गरेपछि उनले दिएको बयानको आरोपमा कलवारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रका अनुसार गत असार २६ गते शनिबारका दिन जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा प्रहरीले गर्ने नियमित सवारीसाधनहरुको चेकजाँचको क्रममा कलैयादेखि काठमाडौँ जाँदै गरेको ना १ ज ७२८८ नम्बरको सुमो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीधनि समेत रहेका चालक जयनारायण प्रसाद जयसवालले जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास प्रयोग गरेर सवारी चलाइरहेको पाइएको थियो ।
जयसवाललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित मालपोत कार्यालय अगाडी गोपाल प्रसाद कलवार सञ्चालक रहेको दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट उक्त पास बनाएको बयान दिएका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…