अब यातायात कार्यालय जनकपुर विहान ७ बजेदेखि साँझसम्म खुल्ने
यस्तै चाप रहिरहे माथिल्लो निकायसँग समन्वय गरी आगामी दिनमा पनि विहानदेखि साँझसम्म सेवा दिने

२०७८ असार २८ सोमबार, बिहान ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालय जनकपुर विहानदेखि साँझसम्म खुल्ने भएको छ ।
सेवाग्राहीको चापलाई ध्यानमा राखेर यातायात व्यवस्था कार्यालय जनकपुर सोमबारदेखि अन्मित असार सम्म विहानैदेखि साँझसम्म खुल्ने जनाइएको छ ।
अहिले जरिवाना छुटको लागि सेवाग्राहीहरुको अधिक चाप बढन गएपछि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिने निर्णय गरेको यातायाता कार्यालय जनकपुरका निमित्त प्रमुख बीरेन्द्र कुमार साहले जानकारी दिए ।
सेवाग्राहीको भिडभाड र चापलाई मध्यनजर गर्दै असार मसान्तसम्मका लागि विहान ७ बजेदेखि साँझको ५ बजेसम्म सेवा दिने जनाउँदै यो सेवा असार अन्तिम अर्थात असार ३१ गतेसम्मको लागि मात्र लागू हुने जनाइएको छ ।
न्यूज ब्यूरोसँगको कुराकानीमा साहले अनलाईन मार्फत नै कर तिर्ने विधि नभएको कारण सेवाग्राहीको चाप अन्तिम समयमा आएर बढेपछि सेवाको अवधी बढाएको बताए । उनले यस्तै चाप रहिरहे माथिल्लो निकायसँग समन्वय गरी आगामी दिनमा पनि विहानदेखि साँझसम्म सेवा दिने जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…