आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा शर्मा पक्राउ
उनलाई इलाका प्रहरी कार्यालय गोलबजार लगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

२०७८ असार २७ आइतबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाले उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
छोरी बलात्कार गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४० का तारिणी शर्मालाई पक्राउ गरिएको हो ।
उनलाई आईतबार दिउँसो करिब १२ः३० बजेको समयमा सिरहाको मिर्चैया स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय गोलबजार लगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…