टवाइलेटको हदमा सुजिताको लास, आमा रुँदारुदै बेहाल
महोत्तरी जिल्ला भमरपुरा गाउँमा सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो ।

२०७८ असार २७ आइतबार, दिउँसो १२:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको लास भेटाएको छ ।
आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ । आईतबार विहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पार्न सफल भएको हो ।
अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो ।
सोहि दिन सुजिताको हत्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो । उनी दुबैजना प्रहरी हिरासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।
प्रदेश प्रहरीका डीएसपी ज्ञान कुमार महतो , संघिय प्रहरीका डीएसपी छेदीलाल कामती ,टेक्निकल सपोर्टमा असई विशंभरनाथको संयुक्त प्रयासमा सुजिताको शव खोजि गर्न सफल भएको हो ।
सुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइ रहदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उत्खनन् गरेर गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएको थिएन ।
यस अघि महोत्तरी जिल्ला भमरपुरा गाउँमा सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्षको दवावमा प्रहरीले खोज तलास शुरु गरेका थिए ।
त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई पक्राउ गरेको थियो । बाँकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अशंका गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…