लिलामदन अस्पतालले सक्कली बिल नै नदिएर विरामीसँग प्रहरी समक्ष गैर–कानुनी मिलापत्र
सोही क्रममा अस्पतालका सँचालक डाक्टर दिलीप साहले मुखियाको उपचारमा भएको खर्चको विवरण सहितको बील दिने बताएका छन् । उनले मुखिया परिवारलाई सक्कली बील पनि उपलब्ध गराउने बताएका छन् ।

२०७८ असार २५ शुक्रबार, बिहान ६:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित रहेको लीलामदन अस्पताले एक विरामी परिवारसँग अधिक रकम लिएको प्रकरणमा प्रहरी समक्ष नै गैर–कानुनी तवरले मिलापत्र गरेको छ ।
सिरहा जिल्लाको लहानस्थित रहेको लिलामदन पिसी एण्ड प्रसुति गृहमा औषधी उपचारमै ५ लाख बढी रकम जोडेपछि विरामीले प्रशासन गुहारेको थियो ।
विहिबार इलाका प्रहरी कार्यालय लहानको चौरमा वकिल समेतको उपस्थितिमा अस्पताल प्रशासन र विरामी परिवारबीच लिएको अधिक रकम फिर्ता गर्ने भन्दै सहमति भएको जनाईएको छ । तर, के कतिको अधिक रकम लिएको बारे अझै नखुलाउँदै १ लाख २५ हजार अस्पतालले फिर्ता गर्ने सहमति भएको हो ।
यस अनुसार, अस्पतालले यसअघि नै भारतबाट ब्लैकमा औषधी ल्याएर बेच्ने गरेको स्वीकार गरिसकेको छ भने सिरहा नगरपालिका वडा नं. १० नरहिया बस्ने सुरेश मुखियाको परिवारसँग पनि अवैद्य रकम असुलेको अस्पतालले बिना कुनै बिल भपाईकै पौने ३ लाख रुपैयाँ लिएको हो ।
यसअघि अस्पतालले १४ दिनमै ५ लाख २१ हजार रुपैयाँ तिर्नुपर्ने भनेका थिए भने बील नदिने अडानमा रहेको थियो । अस्पतालले अझै १ लाख ५१ हजार रुपैयाँ तिरे मात्र बिल दिने अडान लिँदै आएकोमा सँचारकर्मीहरुको दबाब र प्रहरीको सक्रियतापछि अस्पतालले रकम फिर्ता गर्ने सहमतिमा पुगेको हो । तर, सुरेश मुखियाको परिवारमा वास्तवमा के कतिको खर्च भएको नभएको बारे अझै सक्कली बिल भने अस्पतालले दिएका छैनन् ।
अस्पतालका सँचालक दिलीप कुमार साहले गत असार ४ गते नै भर्ना गरिएको सुरेश मुखियालाई १४ दिनपछि बील जोडेर अधिक बनाएको भन्दै विरामी परिवार र अस्पताल प्रशासनबीच विवाद हुँदै आएको थियो ।
विवादपछि सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको निर्देशनपछि अस्पतालमै बन्धक बनाइएका सुरेश मुखियाका परिवारलाई अस्पतालले तत्काल जान दिएको थियो भने थप रकम माग गर्दै आएका थिए ।
अस्पताल प्रशासनले अझै पनि सक्कली बिल नदिएपछि शँकाको घेरामा रहेको छ । यता, प्रहरीकै अगाडी भएको गैर कानुनी मिलापत्रले अस्पताललाई सँरक्षण भएको टिप्प्णी गरिएको छ । अस्पतालले अझै विरामी परिबारबाट अधिक रकम लिएको र थप रकम फिर्ता गर्नुका साथै सक्कली बिल समेत दिनुपर्ने माग पनि गरिएको छ ।
यता, विरामी मुखिया परिवारले अस्पतालले रकम फिर्ता गरेपछि ठुलो राहत महसुस भएको सुनाए । अस्पतालले थप डेढ लाख रुपैयाँ मागेको क्रममा उल्टै सवा लाख रुपैयाँ फिर्ता गरेपछि राहत महसुस भएको सुनाए ।
सोही क्रममा अस्पतालका सँचालक डाक्टर दिलीप साहले मुखियाको उपचारमा भएको खर्चको विवरण सहितको बील दिने बताएका छन् । उनले मुखिया परिवारलाई सक्कली बील पनि उपलब्ध गराउने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…