प्रदेश साँसद यादवबाट हातखुट्टा काटिदिने धम्की पाएका अधिकृत महतो जिल्लाको सिडिओ भएर आए
जीउज्यानको सुरक्षाको माग गर्दै सिडिओ कार्यालय पुगेका अधिकृत महतो आज सोही कार्यालयका प्रमुख बनेर आएका छन् ।

२०७८ असार १६ बुधबार, बिहान ७:२० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । करिब डेढ बर्ष अगाडी प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित एक पालिकामा अधिकृतको रुपमा कार्यरत रामकुमार महतो सर्लाहीको सिडिओ भएर आएका छन् ।
गत वि.सं. २०७६ साल पुष ७ गते सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश साँसद सँजय कुमार यादवले फोन गरी हातखुट्टा काटिदिने धम्की दिएका महतो अहिले सर्लाहीको सिडिओ बनेर आएका छन् ।
२०७६ साल पुस ०८ गते आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै सिडिओ गुहारेका महतो अहिले आफैं सर्लाहीको जिल्लाधिस (सिडिओ) बनेर आएका छन् । यसअिघ कँचनपुरको सिडिओ भएर काम गरेका महतोलाई सर्लाही सरुवा गरिएको हो ।
सर्लाहीको कविलासी नगरपालिकामा २०७६ सालमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेको बेला प्रदेश साँसद यादवले उनलाई आफ्नो इसारामा काम नगरे हातखुट्टा काटिदिने धम्की दिएका थिए ।
त्यतिबेला सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रहेका मोहन बहादुर जिसीलाई निवेदन लेख्दै जीउज्यानको सुरक्षाको माग गर्दै सिडिओ कार्यालय पुगेका अधिकृत महतो आज सोही कार्यालयका प्रमुख बनेर आएका छन् ।
उप–सचिव स्तरका कर्मचारी रहेका महतो सुरुमा कँचनपुर जिल्लाको सिडिओको रुपमा नियुक्त भएका थिए । गृहमन्त्रालयले धनुषा जिल्लाका रामकुमार महतोलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएर पठाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…