सिरहा प्रहरीद्धारा १६ लाख बराबरको अवैद्य सुन बरामद
सिरहा लक्षमिपुर पतारी गाउँपालिका वडा नं ४ बस्ने बस्ने बर्ष १९ को साउदिन्न खान र सोही ठाउँ बस्ने जिवछ कुमार मण्डल लाई शंका लागे पछि चेकजाँच गर्दा सो सुन बरामद भएको हो ।

२०७८ असार १० बिहीबार, बिहान ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थितबाट सिरहा प्रहरीले करिब १६ लाख रुपैयाँ बराबरको अवैद्य सुन बरामद गरेका छन् ।
सिरहाको गोलबजारबाट सशस्त्र प्रहरीको टोलीले अबैध सुन बरामद गरि दुई युवा लाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाबाट खटिएका प्रहरी टोलिले गोलबजार नगपालिका वडा नं ४ शिव चौक स्थितबाट सो सुन बरामद गरेको हो ।
कालो रङ्गको बजाज पल्सर मोटरसाइकल सवार जिल्ला सिरहा लक्षमिपुर पतारी गाउँपालिका वडा नं ४ बस्ने बस्ने बर्ष १९ को साउदिन्न खान र सोही ठाउँ बस्ने जिवछ कुमार मण्डल लाई शंका लागे पछि चेकजाँच गर्दा सो सुन बरामद भएको हो ।
प्रहरीले अबैध रूपमा झोला भित्र लुकाइ राखेको अन्दाजी दुई सय (२००) ग्राम बराबरको सुनको ४ थान बला सहित दुई व्यक्तिहरुलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि सिरहा भान्सार कार्यालय माडर बुझाएको सशस्त्र प्रहरी बल नेपाल ७ नं. गण सिरहाका डिएसपी विनोद थापाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…