अच्चमः प्रदेश २ को सिरहामा मरेको भनेर जलाउने तयारी गर्दागर्दै ब्युँझिएपछि...
पिसाब फेरेर आउँदा ओछयानमा करेत सर्प देखेका थिए । त्यसपछि उनको शरिर काम्न थालेको उनको परिवारजनलाई उदृत गर्दै ब्यूरोकर्मी सबिन यादवले जनाए ।

२०७८ असार ८ मंगलबार, राति ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित अच्चमको घटना भएको स्थानीयहरु बताएका छन् ।
सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर २ पानबारीस्थित एक अन्दाजी ६५ बर्षिय वृद्धलाई मरेको भन्दै जलाउनको लागि तरखर गरेको थियो । सोही क्रममा उनी ब्यूझिँएपछि अहिले स्थानीयको भीड लागेको छ ।
यो घटना गत शनिबारको हो । स्थानीय अन्दाजी ६५ बर्षिय मोतीलाल ठाकुरलाई सर्प टोकेर मृत्यू भएको भन्दै जलाउन खोजेको थियो । उनलाई सर्पले टोकेको भन्दै उपचारको लागि विराटनगर लगेको थियो । त्यहाँ अस्पतालले मृत घोषणा गरेपछि उनलाई जलाउने तरखर गरिएको थियो ।
शबिार बिहान करिब ४ बजेको समयमा आफ्नै दलानमा सुतिरहेको मोतिलाल पिसाब फेर्न उठेका थिए । पिसाब फेरेर आउँदा ओछयानमा करेत सर्प देखेका थिए । त्यसपछि उनको शरिर काम्न थालेको उनको परिवारजनलाई उदृत गर्दै ब्यूरोकर्मी सबिन यादवले जनाए ।
स्थानीय समेत रहेका पत्रकार यादवले सोधपुछ गर्दा मोतिलाल मरिसकेको भन्दै जलाउनको लागि बाँसको टाटी चित्ता) समेत बनाउन थालिएको थियो । तर, केही बेरपछि मोतिलालले हात हल्लाएपछि जिउँदै रहेको थाहा पाएको थियो ।
परिवारजनका अनुसार, उनको शरिरमा कहिँ कतै सर्पले टोकेको निशान छैनन् । उनले सर्पलाई देखेर डरले कामेको हुनुपर्ने र बेहोस हुनुपर्ने अनुमान गरिएको छ । उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार गरिएको थियो ।
अहिले चोहर्बा स्थित रहेको नेपाली सेनाको ब्यारेकमा सर्प दँश उपचार केन्द्र रहेको र भेन्टिलेटर नरहेको भन्दै उनको त्यहाँ उपचार नगरिएको बताइएको छ । मोतिलालको धडकन चलिरहेको बताइएको छ । उनी अहिले पनि जिउँदै रहेको बताइएको छ ।
अहिले उनको उपचार कर्जन्हा अस्पतालमा भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…