ठाकुर पक्षसँग निर्वाचन आयोगले माग्यो लिखित जबाब
सत्ता समीकरणका विषयमा जसपामा विवाद छ । अध्यक्ष यादव समूह विपक्षी गठबन्धनमा लागेको छ भने अध्यक्ष ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।

२०७८ असार ८ मंगलबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहलाई १५ दिनभित्र पार्टीको आधिकारिकतामा प्रमाण तथा दाबी पेस गर्न आदेश दिएको छ ।
आयोगको आइतबार बसेको बैठकले ठाकुर समूहलाई १५ दिनभित्र जवाफपेस गर्न सूचना दिने निर्णय गरेको हो ।
जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले ४ असारमा ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गरिपाउँ’ भनेर आयोगमा निवेदन दर्ता गराएको थियो ।
निवेदनपछि आइतबार बसेको बैठकले ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा (२) बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दावी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ (पन्ध्र) दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने,’ निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
सत्ता समीकरणका विषयमा जसपामा विवाद छ । अध्यक्ष यादव समूह विपक्षी गठबन्धनमा लागेको छ भने अध्यक्ष ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…