आजदेखि यातायात कार्यालय पनि खुल्यो, यी सेवाहरु मात्र दिइने
नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभए सम्मको लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।

२०७८ असार ८ मंगलबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लामो समयदेखि बन्द भएको यातायात कार्यालय जनकपुर आज (मँगलबार) देखि खुल्ने भएको छ ।
कोरोना महामारीका कारण विगत लामो समयदेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय जनकपुर खुल्ला गर्ने निर्णय गरिएको हो । सोमबार एक सूचना जारी गर्दै कार्यालयले मँगलबारदेखि सुचारु हुने जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सोमबार जारी गरेको सूचना अनुसार मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई कार्यालयको सेवा सुचारु हुने उल्लेख छ ।
यातायात कार्यालयको सेवाहरु सुचारु भएपनि तत्काल सबै सेवा सुचारु नहुने सूचनामा उल्लेख गरिएको छ । निमित्त प्रमुख साहका अनुसार यातायात कार्यालय खुलेपनि केही सेवाहरु मात्र प्रदान गरिने छ ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै तत्काल कार्यालयबाट अस्थायी ईजाजत पत्र, तत्काल नबुझाए जरिवाना लाग्ने प्रकृतिका सवारी कर, नविकरण, बाटो इजाजत पत्र, राजश्व दाखिला सेवा, तत्काल नविकरण नभएमा जरिवाना लाग्ने सवारी चालक अनुमति पत्र नविकरण, प्रयोगात्मक परीक्षा पास भई राजश्व बुझाउन बाँकी सेवाग्राहीहरुको राजश्व बुझाउने सेवा मात्र सुचारु हुने कार्यालयले जनाएको छ ।
नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभए सम्मको लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।
कोरोना महामारीको दोस्रो लहर चलेपछि करिब ३ महिनादेखि नै यातायात कार्यालय बन्द रहेको थियो । यातायात कार्यालय खुलेपछि कार्यालयमा सेवाग्राहीहरुको भीड लाग्ने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…