'संशोधनवादको यात्रामा केपी ओली'
किनकी माओवादी आन्दोलनमा देशका हरेक वर्गबाट सहभागिता देखिएको थियो ।

२०७८ असार ७ सोमबार, बिहान ८:३६ बजे६ मिनेट पढाइ
नेपालमा अहिले सम्म भएको परिवर्तन आन्दोलन र क्रान्तिबाट मात्र सम्भव भएको छ । जहानिया राणा शासन देखि लिएर वंशवादका प्रतिक शाह वंशिय राजतन्त्रलाई बिदा गरी देशमा संघियता र गणतन्त्र सम्मको यात्रा जनताले बिभिन्न कालखण्डमा दिएको बलिदानीबाट मात्र सम्भव भएको गौरवपूर्ण इतिहास छ ।
नेपालमा कम्युनिष्ट राजनीतिको चर्चा गर्नेहो भने २००६ साल बैशाख १० गते नेपालको पहिलो कम्युनिस्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा मा गठित पार्टी बाट भएको हो। र समयको बेग अधिक द्रुत गतीमा हिँड्ने भएका कारण बिभिन्न उतार चढाब पार गर्दै २०७८ साल जेठ महिनामा नेपालमा कम्युनिस्ट नेताहरुले इतिहासा रचेको घटना धेरै पुरानो भइसकेको छैन् ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर ... नेपाल कम्यिुनिस्ट पार्टीको निर्माण भयो । कम्यिुनिस्ट राजनीतिक शक्तिहरु नेपालमा राम्रो उपस्थिती देखाउँदै आएता पनि खण्डित अवस्थामा रहँदै आएको कारण सदनमा निर्णायक उपस्थिती देखाउनबाट असमर्थ हुँदै आएका थिए । नेपालको बामपन्थी क्रान्तीको इतिहासमा माओवादी शस्त्रजनक्रान्तीको योगदान हो जसले नेपालमा मम्यिुनिस्ट शासनको आवश्यकता छ भनी सिद्ध गरेको थियो ।
किनकी माओवादी आन्दोलनमा देशका हरेक वर्गबाट सहभागिता देखिएको थियो । सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक हरेक हिसाबले बंचितीकरणको पिँधमा बस्न बाध्य नेपाली जनतालाई माओवादी आन्दोलन ले नै एकजुट गरी संघियता, गणतन्त्र, समावेशी–समानुपातीक, धर्म निरपेक्षता जस्ता आमुल परिवर्तनकोा सपना साकार गराउन सफल भएको थियो र छ पनि ।
माओवादी जनयुद्धबाट प्राप्त परिवर्तहरुको माध्यमबाट नयाँ संबिधान कायान्वयण संगै देखिएका परिवर्तनको अनूभुती आम जनतालाई होस त्यसको लागि सबैभन्दा प्रारम्भिक आवश्यकता भनेको स्थाइ सरकार नै थियो । हो यही पुनित उदेश्यका साथ एमाले र माओवादीले अलायन्स बनाएर चुनाब लडेका थिए । आम नेपाली जनताले एमाले माआवादीको गठबंधनलाई पत्याएर झन्डै दुईतीहाइ सहितको अपार बहुमत दिए । तर आज परिस्थिती भिन्न छ । अर्थात नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकिकरणपूर्वको अवस्थामा छ । नेपाली कम्यिुनिस्ट शक्तिहरु ।
यो अवस्था आखिर किन उत्पन्न भयो त रु अहिले जुन अवस्थामा काम्यिुनिस्ट शक्तिहरु छरिएका छन् त्यसको बिभिन्न कोणबाट इतिहासले समिक्षा गर्ने नै छ तर बामपंथी राजनीतिमा लागेका हामीसबैले वर्तमानमा समेत यसबारे निष्पक्ष चर्चा गर्नुपर्ने बाध्यता छ र कर्तब्य पनि । अपार बहुमतका साथ नेपाल कम्यिुनिस्ट पार्टीले सरकार बनायो । पार्टी एकिकरण पश्चात पार्टीमा दुईअध्यक्षीय प्रणाली समहमतीले पारित भयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…