मुख्यमन्त्री राउतले 'बेटी पढाउ' योजना लागू गर्ने
न्यूज ब्यूरो || जनकपुरधाम, २५ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले 'बेटी पढाउ' योजना लागू गर्ने, महिलामाथि हुने हिंसा, दाइजो प्रथा लगायतलाई नियन्त्रण गर्न कानुन बनाउने प्रतिवद्धता दोहोर्रुयाएका छन् । उनले शपथका बेला आफ्नो प्रदेशमा बालिका शिक्षालाई प्राथमिकता दिने, महिलामाथि

२०७४ फागुन २५ शुक्रबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २५ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले 'बेटी पढाउ' योजना लागू गर्ने, महिलामाथि हुने हिंसा, दाइजो प्रथा लगायतलाई नियन्त्रण गर्न कानुन बनाउने प्रतिवद्धता दोहोर्रुयाएका छन् ।
उनले शपथका बेला आफ्नो प्रदेशमा बालिका शिक्षालाई प्राथमिकता दिने, महिलामाथि हुने हिंसा र दाइजो नियन्त्रण गर्ने मुख्यमन्त्री राउतको अभियान : ' बेटी पढाऊ, घर अघि बढाऊ' योजना सुनाएका थिए ।
नारी दिवसको अवसरमा उनले ‘बेटी पढाऊ, घर अघि बढाऊ’ भन्ने नारासहित अभियान सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
‘प्रदेशमा महिलाको अवस्था दयनीय छ भन्ने मलाई थाहा छ। यस्तो अवस्थाबाट महिलालाई मुक्ति दिलाउने शिक्षा नै हो भन्ने लाग्छ ।
'त्यसैले मैले अभियानकै रूपमा यसको सुरुआत गर्नुपर्छ भनेर योजना बनाएको छु,’ मुख्यमन्त्री राउतले भने, ‘अभियान नै चलाएमा त्यसको सन्देश पनि राम्रो र छिटो जाला भन्ने ठानेर यसलाई प्राथमिकतामा राखेको छु। बेटी पढाए घर र समाज अघि बढ्छ विकास हुन्छ ।’
अभियानमा सहयोग गर्न केन्द्र सरकार र विश्व बैंकसँग उनले आग्रह गरेका छन् । २ नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य, मातृ मृत्युदर र महिला हिंसा अन्य प्रदेशको तुलनामा बढी भएको उनले बताए । आजको न्यूज पेपर दैनिक पत्रिकाकोम मुख्य पृष्ठमा छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…