देश-विदेश

यी तीन मुलुकमा पनि हवाई उडान खुल्ला गर्ने तयारी

मन्त्रालयले हाल सातामा एकरएक उडान खुला गरिएका कतार, टर्की र चीनका लागि एकरएक उडान थप गर्न प्रस्ताव गरेको छ ।

२०७८ असार २ बुधबार
बेलुकी ५:३७ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, काठमान्डौं । सरकारले थप केही मुलुकका लागि हवाई सेवा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा साउदी अरब, यूएई, मलेसियामा उडान खुला गर्न लागिएको हो ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले साउदी अरब, यूएई, मलेसियामा रहेका नेपाली कामदार ल्याउनको लागि पनि उडान खुला गर्नुपर्ने भएकाले सोहीअनुसार सिफारिस गरिएको बताए । “हाल उडान गरिरहेका मुलुकका लागि दुईरदुई उडान र साउदी, यूएई, मलेसियामा उडान खुला गर्न प्रस्ताव भएको हो,” उनले भने ।

मन्त्रालयले हाल उडान खुला भइरहेका मुलुकका लागि उडान संख्या थप्न र अन्य मुलुकमा उडान खुला गर्न प्रस्ताव गरिएको हो । यस विषयमा औपचारिक निर्णय नभए पनि उच्चस्तरमा सहमति भएको जानकारी आएको लामिछानेले बताए ।

“मन्त्रालयले प्रस्ताव गरेअनुसार उच्च तहमा सहमति भयो भन्ने जानकारी आएको छ । तर, औपचारिक रुपमा निर्णय भएको जानकारी आएको छैन,” उनले भने ।

मन्त्रालयले हाल सातामा एकरएक उडान खुला गरिएका कतार, टर्की र चीनका लागि एकरएक उडान थप गर्न प्रस्ताव गरेको छ ।

  • 19%
  • 44%
  • 13%
  • 6%
  • 6%
  • 13%

धनुषाधाम नगर स्तरीय प्रतियोगितामा सुपर सेन्सको कब्जा 

  • २०७८ असार २ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगिता २०७७ मा त्यहाँ स्थितको सुपर सेन्स बोर्डिङग स्कूलले प्रथम स्थान हाँसिल गरेको छ ।  नगरपालिकाद्धारा आयोजना गरिएको सो अन्तर माध्यमिक

पूरा पढ्नुहोस्

Bureau Menus