मन्त्री अरगरियालाई धनुषामा कार्यकर्ताले भव्य स्वागत
धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधि समेत रहेका अरगरियालाई धनुषामा उनका कार्यकर्ता, समर्थकहरुले स्वागत गरेका हुन् ।

२०७८ असार २ बुधबार, दिउँसो ३:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई गृह जिल्ला धनुषामा भव्य स्वागत गरिएको छ ।
मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवा, नेता कार्यकर्ता र शुभेच्छुकले स्वागत गरेका हुन् ।
जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सम्हालेका मन्त्री अरगरिया स्वास्थ्य सामग्रीसहित गृहजिल्ला पुगेका हुन् जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णयबाट यस क्षेत्रका जनता खुसी भएका उनका सहयोगीहरु बताउँछन्।
मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने उपकरणहरु प्रदान गर्दैछन् । भोलि बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधि समेत रहेका अरगरियालाई धनुषामा उनका कार्यकर्ता, समर्थकहरुले स्वागत गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…