माईक्रोसफ्टले Windows 10 बन्द गर्दै, अब नयाँ Windows आउने
तर कम्पनीले यसबीचमा नयाँ अपरेटिङ सार्वजनिक गरेन र विण्डोज १० मा नियमित अपडेट र सपोर्ट प्रदान गरिरहेको छ ।

२०७८ असार २ बुधबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । माइक्रोसफ्टले विण्डोज १० लाई अक्टुबर १४, २०२५ मा बन्द गर्ने भएको छ । अपरेटिङ सिस्टम सार्वजनिक भएको १० वर्षपछि कम्पनीले यो ओएसका लागि सपोर्ट बन्द गर्ने मिति घोषणा गरेको हो । थुरोटको एक रिपोर्टमा कम्पनीले विण्डोज १० होम र प्रोका लागि सपोर्ट बन्द गर्ने मिति तय गरेको उल्लेख छ ।
माइक्रोसफ्टको यो निर्णयसँगै कम्पनी चाँडै नै नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्ने तयारीमा जुटेको अनुमान गर्न सकिन्छ । कम्पनीले अर्को हप्ता गर्ने विण्डोज इभेन्टमा ओएसको ‘नेक्स्ट जेनेरेसन’ सार्वजनिक हुनसक्ने बताइएको छ ।
कम्पनीले गत हप्तामात्रै ११ मिनेटको टिजर युट्युवमा सार्वजनिक गरेको थियो, जुन विण्डोज ११ रहेको अनुमान गर्न सकिन्छ । विण्डोजको नयाँ संस्करणको युजर इन्टरफेसमा धेरै परिवर्तन हुने चर्चा गरिएको छ । साथमा अन्य आधुनिक फिचरहरु हुनेछन् । माइक्रोसफ्टले ‘सन भ्याली’ कोडनेममा यो परियोजना अगाडि बढाइरहेको छ ।
माइक्रोसफ्टले यसअघि अक्टुबर १३, २०२० मा विण्डोज १० को सपोर्ट बन्द गर्ने घोषणा गरेको थियो । तर कम्पनीले यसबीचमा नयाँ अपरेटिङ सार्वजनिक गरेन र विण्डोज १० मा नियमित अपडेट र सपोर्ट प्रदान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…