क्यामेरामा प्रहरी

प्रदेश २ः प्रहरीले घुस लिँदै गर्दा पत्रकारले खिचे भिडियो, पैसा फालेर भाग्न थालेपछि...

 महिनाको लाखौ रुपैया दिने शर्तमा मात्र तस्करलाई मालसमान ल्याउन प्रहरीले अनुमति दिने काम समेत गरेका स्थानीले बताए ।

२०७८ असार १ मंगलबार
बिहान ०८:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक प्रहरी जवानले घुस लिँदै गर्दा पत्रकारहरुले भिडियो र तस्विर खिचेपछि पैसा फाले । 

महोत्तरीको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामविश्वास साहले घुसलिईरहेको समयमा पत्रकारहरुको नजरमा परेका छन । 

सोमबार सम्सीबाट बर्दिवासतर्फ जादै गरेको आराध्या ब्रदर्श बर्दिवासको मार्बल बोकेको ओभरलोड भएको भारतीय नम्बरप्लेटको ट्रक चेकचाजको क्रममा साहले खाजा वापत पच्चास रुपैया लिदै गरेको अवस्थामा पत्रकारहरुले भिडियो तथा तस्विर कैद गरेपछि घम्साघम्सी भयो ।

प्रहरी जवान साहलाई लिएको रकमको बारेमा सोधपुछ गर्दा पत्रकारलाई धक्का दिई पैसा फालेर प्रहरी चौकी भित्र पसेको थिए । पैसा दिने मोटरसाईकल चालक प्रदेश नम्बर २ ०२००१ प. सवारले आफुले भन्सार कटाएर ल्याए पनि खाजा वापत खर्च दिनु भन्दा आफुले पच्चास रुपैया दिएको बताए ।

 पैसा दिने मोटरसाईकल सवार गाडीको साँचो र मोटरसाइकल प्रहरी चौकीमा जिम्मा लगाई कानुन अनुसारको कारवाह िगर्ने प्रहरी सहायक निरीक्षकले प्रतिवद्धता जनाए ।

 महोत्तरीमा बेलाबखतमा प्रहरीलाई जनताको सेवक मानिने प्रहरीले पटक पटक घर प्रयोजनकालागी भारतबाट आउने मोटरसाईल, अटो र अन्य सवारसँग पैसा लिदै आएको स्थानीयहरु बताउँछन्। 

स्थानीयहरु प्रहरीको डरले क्यामराको अगाडी बोल्न नचाहे पनि प्रत्तिक्रिया लिने क्रममा स्थानीयले बताएका छन् । महोत्तरीमा अधिकांश प्रहरी चौकीहरुले तस्करसँग सेटिङ्ग गरेर अवैध सरसमानको तस्कर समेत गरेकाछन् ।

 महिनाको लाखौ रुपैया दिने शर्तमा मात्र तस्करलाई मालसमान ल्याउन प्रहरीले अनुमति दिने काम समेत गरेका स्थानीले बताए ।

  • 9%
  • 3%
  • 3%
  • 13%
  • 7%
  • 60%

धनुषाधाम नगर स्तरीय प्रतियोगितामा सुपर सेन्सको कब्जा 

  • २०७८ असार १ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगिता २०७७ मा त्यहाँ स्थितको सुपर सेन्स बोर्डिङग स्कूलले प्रथम स्थान हाँसिल गरेको छ ।  नगरपालिकाद्धारा आयोजना गरिएको सो अन्तर माध्यमिक

पूरा पढ्नुहोस्

Bureau Menus