चलचित्र 'भोर- फर्स्ट लाईट' को टिजर रिलिज
न्यूज ब्यूरो || जनकपुरधाम, २४ फागुन । सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित फिल्म ' झोला ' बनाएर चौतर्फी तारिफ र प्रशंसा बटुलेको टिमको दोस्रो प्रस्तुतीमा तयार फिल्म 'भोर-फर्स्ट लाईट' को टिजर रिलिज भएको छ । यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजोको पीडा झल्काइएको छ । फिल

२०७४ फागुन २४ बिहीबार, बेलुकी ७:०५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, २४ फागुन ।
सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित फिल्म 'झोला' बनाएर चौतर्फी तारिफ र प्रशंसा बटुलेको टिमको दोस्रो प्रस्तुतीमा तयार फिल्म 'भोर-फर्स्ट लाईट' को टिजर रिलिज भएको छ ।
यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजोको पीडा झल्काइएको छ । फिल्मको टिजरले नै 'झोरु' लाई पनि मौलिक तथा सामाजिक कथाको फिल्मको संकेत गर्दछ ।
'झोला' ब्राण्डमा अडिएर निर्देशक भट्टराईले 'भोर' लाई अघि सारेका छन् ।
टिजरको सुरुवाती प्लटले त्यस्तै छनक बोल्छ । 'झोला' लाई माया दिएका कोहि पनि दर्शक 'भोर' बाट निराश हुन नपर्ने भट्टराईले दाबी गरे ।
सम्पुर्ण छायाँकन जनकपुरमा गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोलाई बोल्छ ।

गत बर्षको छठ पर्वदेखि यो बर्षको छठसम्म लगाएर एक बर्षको लामो समय लगाएर फिल्म खिचिएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…