अश्लिल गीतको नतिजाः भोजपुरी गायक खेसारीलाल उपर मुद्दा दायर
सुजीतले आफ्नो निवेदनमा आरोप लगाएका छन की उनले आफ्नो गीत मार्फत नारीलाई अनादर गरेको र समाजको छवी खराब पारेको छ ।

२०७८ जेठ ३१ सोमबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । अश्लिल गीत गाएर चर्चामा आएका भारतको बिहार राज्यका गायक खेसारीलाल यादव विरुद्ध मुद्दा दायर गरिएको छ ।
भोजपुरी फिल्मको सुपर स्टार रहेका खेसारीलालमाथि अश्लिल गीत मार्फत महिलालाई अपमान गरेको भन्दै मुद्दा दायर गरिएको हो । उनीमाथि कैयौँ धारा लगाएर मुद्दा दायर गरिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
बिग बोस सिजन १३ को कन्सटेन्टेन्ट समेत रही सकेको खेसारीलाल यादव विरुद्ध सनातन सेवा फाउण्डेशनका प्रमुख सुजित सिँहले मुम्बईमा मुद्दा दर्ता गराएका छन् ।
मुद्दामा खेसारीलाल यादवले आफ्नो गीत गानामा महिलाहरुप्रतिको अपमान र अश्लिला देखाएको आरोप सहित मुद्दा दर्ता गरिएको हो । उनले पैसा कमाउनकै लागि आफ्नै देशका महिला नभएर समग्र नारी जातीलाई नै अश्लिल शब्द मार्फत बेईज्जत गर्दै आएको आरोप छ ।
मुद्दामा खेसारीलाल यादवले गाएको गीत चाचीके बचिया सपनवामे आती है लाई जोडेर उदाहरणको रुपमा प्रस्तुत गरी मुद्दा दायर गरिएको छ । उनले केही दिन अघि लाईभ आएर आफू विरुद्ध गीत गाएको भन्दै पैसाको बलमा जिन्दगी बर्बाद पारिदिने धम्की पनि दिएका थिए ।
सुजीतले आफ्नो निवेदनमा आरोप लगाएका छन की उनले आफ्नो गीत मार्फत नारीलाई अनादर गरेको र समाजको छवी खराब पारेको छ । उनलाई विभिन्न धारा लगाएर कारवाहीको माग गरिएको हो ।
यता, भोजपुरीका मेगास्टार, बलिवुड अभिनेता एवम् बिजेपीका साँसद रवी किशनले पनि अश्लिल गीतलाई सेन्सर गर्न माग उठाएका छन् । अश्लिल गीत गाउनेलाई कारवाहीको लागि प्रस्ताव पनि पेश गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…