जनकपुरः रामजानकी दुल्हादुल्ही मन्दिर जग्गा जबरजस्ती पर्खाल, स्थानीहरुद्धारा रोक
सोही क्रममा गुठी सँस्थानका प्रमुख रेग्मीसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । प्रहरीले भने त्यहाँ कुनै विवाद नरहेको बताएको छ ।

२०७८ जेठ ३१ सोमबार, बिहान ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको बेलाकुटिट्को जग्गा अतिक्रमण गरी पर्खाल लगाउन लागेको भन्दै स्थानीयहरुले रोक्का गर्न माग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित रहेको बेला कुट्टीको जग्गामा जनता समाजवादी पार्टी (जसपा) का नेता मनोज चौधरीले बलपूर्वक पर्खाल लगाउन लागेको आरोप लगाइएको छ ।
सरकारद्धारा कुनै पनि जमिन ५ वर्षसम्मको लागि मात्र लिजमा लिन सकिने प्रावधान रहेको बताउँदै जनकपुर युथ क्लबका अध्यक्ष रोहित प्रसाद ठाकुरले गुठी सँस्थानको मिलोमत्तोमा जग्गा बाँडिएको आरोप लगाएका छन् ।
त्यसको पछाडीपट्टी भने ट्राफिक प्रहरीको नयाँ भवन निर्माणको लागि जग्गा रहेको बताइएको छ । ट्राफिक प्रहरीले २ करोड ३९ लाखमा किनेको जग्गामा कित्ताकाट हुँदा घरबाटो छुटेको बताइएको छ । साही जग्गास्थित नेता चौधरीले बलपूर्वक पर्खाल बनाउन लागेको आरोप लगाएका छन् ।
बेला कुटिट्को उत्तर र दक्षिण दुवै तर्फको जग्गामा पर्खाल लगाउन लागेको भन्दै सो जग्गालाई गुठीका प्रमुख बैकुण्ठ रेग्मीले रकम लिएर लेखेको पनि आरोप लगाइएको छ ।
यता, जसपाका नेता मनोज चौधरीले भने गुठी सँस्थानले सो जग्गामा सार्वजनिक धर्मशाला निर्माणको लागि सहमति दिएको बताएका छन् । उनले प्रदेश सरकारबाट धर्मशाला निर्माणको लागि बजेट समेत पारित गरिएको भन्दै पर्खाल लगाउँदा केही जग्गाका दलालहरुले बिगबिगी भएको बताए ।
उनले भने, –“यहाँ केही मान्छेहरुको नीजि जमिन छ , पर्खाल भएपछि उनीहरुलाई जग्गा जमिन अनैतिक रुपमा विक्री गर्नको लागि समस्या हुने भएकोले विरोध गर्न लागेको छ । हामी पूर्ण कानुनी रुपमा गरिरहेका छौँ । सबै कागजातहरु छन् ।”
सोही क्रममा गुठी सँस्थानका प्रमुख रेग्मीसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । प्रहरीले भने त्यहाँ कुनै विवाद नरहेको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…