सिरहामा एक महिलालाई सामुहिक कुटपिट, स्थानीयहरु मुकदर्शक (भिडियो)

एउटै जग्गामा दुवै पक्षले दाबी गरेपछि भनाभन हुँदा विवाद भएको थियो । सोही क्रममा धीरेन्द्र र उनका परिवारजनहरु मिलेर सामुहिक रुपमा कुटपिट गरेको आरोप छ । 

२०७८ जेठ ३१ सोमबार
बिहान ०७:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एक महिलालाई सार्वजनिक स्थलमै निर्घात कुटपिट गरिएको भिडियो बाहिरिएको छ । 

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित एक महिलालाई दाउरा राख्ने विषयमा विवाद हुँदा चार पाँच जना मिलेर सामुहिक रुपमा कुटपिट गरिरहेको भिडियो बाहिरिएको हो । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार, कल्याणपुर नगरपालिका वडा नम्बर ६ भोक्राहा बस्ने स्थानीय सुजित साहकी श्रीमति बबिता देवी साहलाई सोही स्थान बस्ने धीरेन्द्र महासेठ र उनका परिवार मिलेर कुटपिट गरेको हो । 

सोही आरोपमा अहिले धीरेन्द्र महासेठलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । एउटै जग्गामा दुवै पक्षले दाबी गरेपछि भनाभन हुँदा विवाद भएको थियो । सोही क्रममा धीरेन्द्र र उनका परिवारजनहरु मिलेर सामुहिक रुपमा कुटपिट गरेको आरोप छ । 

सोही घटनाको सम्बन्धमा उजुरी परेको भन्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

  • 2%
  • 2%
  • 2%
  • 1%
  • 63%
  • 1%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७८ जेठ ३१ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus