घर गोसाई (देवता) विषयमा दुई दियादबीच विवाद, कान्छो भाईलाई कुटेर हत्या
स्थानीयहरुले दोषी दाईसहित उनका परिवारमाथि कारबाहीको माग गरेका छन् । अहिले मृतक लक्ष्मणको घरमा भीड लागेको छ ।

२०७८ जेठ २९ शनिबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित घर गोसाई (कुल देवता) को विषयमा दुई दाईभाईबीच विवाद हुँदा कान्छोलाई हत्या गरिएको छ ।
घरको देउताको विषयमा विवाद हुँदा महोत्तरीमा दाईका सम्पूर्ण परिवार मिलेर कुटपिट गरी भाइको हत्या गरेका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरि कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन् ।
गएको जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।
उनका अनुसार लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि घर अन्त्येष्टिको लागि ल्याइएको छ । शुक्रबार राति शव घर ल्याइएको छ ।
लक्ष्मणको मृत्युु भएपछि दाइ रामचन्द्रसहित उनका परिवार फरार भएका छन् । उनीहरुको खोजविन र घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताए ।
स्थानीयहरुले दोषी दाईसहित उनका परिवारमाथि कारबाहीको माग गरेका छन् । अहिले मृतक लक्ष्मणको घरमा भीड लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…