अब एसियन ब्याट्रीको डिलर जनकपुरमै, ब्याट्री किने मोबाईल र थाइल्याण्ड घुम्ने अफर
कम्पनीका व्यवस्थापक मनोज श्रेष्ठका अनुसार, डिलरमात्र नभएर ग्राहकको घरसम्म पनि समेत सेवा दिने गरेको छ ।

२०७८ जेठ २८ शुक्रबार, बेलुकी ५:३८ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । नेपालमै बनेको एसियन ब्याट्रीको डिलर प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित स्थापना गरिएको छ ।
निकै कम समयमा विश्वासिलो बनेको एसियन ब्याट्रीको कम्पनीले ब्याट्री किन्ने लक्की ग्राहकलाई स्यामसँग मोबाईलका साथै थाईल्याण्ड टुरको अफर पनि राखिएको छ ।
जनकपुरको लागि लागि पिडारीचौकस्थित रहेको एस.आर ईन्टरनेश्लबाट एसियन ब्याट्रीको खुद्रा तथा थोक विक्री वितरण भइरहेको डिलरका व्यापस्थापक करण पँजीयारले जानकारी दिए ।
इनभर्टरको लागि, ई–रिक्साको लागि, ट्रयाक्टरको लागि, गाडीको लागि , सोलार र अटोमोटिभको लागि उत्तम मानिएको एसियन ब्याट्रीको खरिदमा आकर्षक उपहार समेत राखिएको छ । लक्की ग्राहकलाई स्यामसँग एम २० मोडेलको मोबाईल सहित थाइल्याण्ड घुम्ने अवसर समेत दिने भएको छ ।

Hybride टेक्नोलोजी रहेको सो ब्याट्री खरिदमा ३६ महिना अर्थात ३ वर्षको वारेन्टी समेत दिने गरिएको छ । ब्याट्री ३५ एम्पीयरदेखि १५० एम्पीयरसम्मको उपलब्ध रहेको बताइएको छ ।
कम्पनीका व्यवस्थापक मनोज श्रेष्ठका अनुसार, डिलरमात्र नभएर ग्राहकको घरसम्म पनि समेत सेवा दिने गरेको छ । ग्राहकको घरसम्म जडान गर्ने कार्य पनि गरिने गरिएको छ ।
सरकारी कार्यालय, नीजी कार्यालय सहित अन्य विभिन्न प्रतिष्ठान र कार्यालयहरु सहित घरायसी प्रयोजनको लागि देशकै उत्पादन उत्कृष्ट रहेको दाबी व्यवस्थापक श्रेष्ठको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…