सन्नु कुमार, ज्ञानु यादव लगायतका गायकहरुलाई 'खेसारी लाल यादव' कै हालत हुन्छ !

अनि मात्र आफ्नो असलियत र आफूले गरेको कार्यप्रति सजगता हुन्छ । अन्त्यमा, खेसारीलाल यादव घटनाप्रति आपत्ति छ । 

२०७८ जेठ २८ शुक्रबार
बिहान ०९:४९ बजे
सबिन यादव

अहिले जताततै डिजे बाजामा बज्ने गीतहरु प्रायः दोहोरो अर्थ लाग्ने खालका गीतहरु सुन्न पाईन्छ । पहिले गायकले गीत गाउँदा मन नपरे कान थुन्नुपर्ने अवस्था थियो भने अहिले नाकभन्दा माथि जान थालेकोले गायक नै थुन्नुपर्ने अवस्था देखिएको छ ।

छिमेकी मुलुक भारतको बिहार राज्यका भोजपुरी भाषाका चर्चित गायक खेसारी लाल यादवले गाएको अश्लिल गीतलाई गीतकै मार्फतले जवाफ दिएपछि फलामलाई फलामले नै काटने नजिरलाई साबित गरेको उदाहरण भएको छ । 

भोजपुरी भाषाका गायक खेसारीलाल यादवले “चाचीके बचिया सपनामे आवता” बोलको गीत गाएपछि आक्रोसित सोही समुदायका व्यक्तिहरुले उनको छोरीलाई लगाएर गीत बनाएपछि अहिले बबाल मच्चेको अवस्था छ । 

भोजपुरी भाषाको लागि जहिले पनि दोहोरो अर्थ लगाएर, अश्लिल शब्दहरु प्रयोग गरी, अरुको आमा, बहिनी, दिदीको कपडा, शरिरको बनाबटदेखि लिएर भित्री वस्त्रसम्मलाई समेटेर मात्र गीत बनाउने खेसारीलाल यादवलाई सोही ठाउँका एक युवकले उनको छोरीको तस्विर सहितको एक गीत–“खेसारीके बेटिया सपनामे आबता” र अर्का जनाले “खेसारीके बहिन सपनामे आवता” गाएपछि चौतर्फी रुपममा समर्थन गरिएको छ । 

यद्यपी, यो गलत हो, तर खेसारीलाल यादवले निरन्तर अश्लिल शब्द, महिलामाथिको अपशब्द र समाजलाई पाच्य नहुने खालका गीतहरु मात्र गाउन थालेपछि उनलाई बारम्बार चेतावनी पनि दिएको थियो । सोही क्रममा नेपालको प्रदेश २ वीरगँज स्थित एक कार्यक्रममा खेसारीलाललाई जुत्ता चप्पलले हानेको घटना अझै सेलाएको छैन् । 

खेसारीलाल यादवले आफ्नो बानी र हठ्ठ नछाडेपछि उनकै भाषामा उनलाई सम्झाएका छन् । “अरुको बहिनी, दिदी, आमाको कुनै प्रतिष्ठा छैन ? समाजमा बसेर, दुईजनामा बसेर उनको गीत सुन्न सक्ने अवस्था भएन, अनी उनकै भाषामा उनलाई सम्झाइएको छ । यो कतै खराब हुन सक्छ, तर खेसारीलाल यादव सहित उनका समर्थकहरुको लागि एक पाठ हो । अब पनि यदि उनले यस्तै गीतहरु बजारमा ल्याए, समाजिक सँजालमा ल्याए, फेरी पनि सोही भाषामा सम्झाइनेछ ।”– आक्रोसित ती युवाहरुले भनेका छन् । 

खेसारीलालको छोरीलाई केन्द्रीत गरी उनीमाथि पनि अपशब्द नै प्रयोग गरी गीत बनाइएको छ । जो की गलत कुरा हो, तर खेसारी लालको लागि त्यो गलत हुनुपर्दैन, किनभने उनले पनि अपनाएको त्यही बाटो हो । 

अब, हाम्रो तराई मधेशमा केही नवजात शिशु गायकहरुको पनि जवाफ यही तरिकाले दिनुको विकल्प पनि छैन् । स्थानीय प्रशासनले विभिन्न समयमा अश्लिल गीत नगाउन, नबजाउन निर्देशन जारी गरिएपनि समाजिक सँजाल, युटुबमा जतिबेला मन लागे, जे मन लागे, कसैको ईज्ज्त फालेर भएपनि गीतहरु बजारमा ल्याउँछन् । अब कान थुन्ने हैन, गायकलाई नै थुन्ने अवस्था आएको छ ।

तराई मधेशबाट थारु समुदायकी अनु चौधरीको गीतले जोकोहीलाई पनि मनमुग्ध पार्ने गरेको छ । उनको शान र प्रतिष्ठा बेग्लै छ । उनको गीतमा कुनै अपशब्द हुँदैन तर पनि उनको गीत मन पराउनेहरु धेरै छन् । 

उही सप्तरीका सन्नु कुमार खँग र सिरहा ज्ञानु यादवको गीत सुन्दा जोकोहीलाई रिस उठेर आउँछ । यद्यपी, नयाँ जेनेरेशनका युवाहरुले रक्सी खाएर रमाउने बेग्लै कुरा हो तर, उनीहरुको गीत पनि खेसारीलाल यादव जस्तै अरुको आमा, दिदी, बहिनी, शरिरको बनाबट, घाघ्रा , चोली, लहँगा, सारी, छाती, कम्मर, पेट, ओठलाई मात्र केन्द्रित गरी सम्बन्धसम्मलाई जोडेर मात्र गीत बनाउन थालेपछि यहाँका युवाहरु पनि अब सलबलाउन थालेका छन् । 

उनीहरुले पनि अब उनकै भाषामा जवाफ दिनुको विकल्प छैन् । महिला, किशोरी, युवतिलाई झन केन्द्रित गरी बनाउने गीतहरुले मैथिल र मधेशी समाजलाई झन दुर्गन्धित पार्दै जाँदा उनीहरुलाई पनि अब खेसारीलालकै भाषामा सम्झाउनुपर्ने अवस्था आएको छ । यद्यपी, यो गलत हुन्छ, तर विकल्प पनि छैन् । 

सन्नु कुमार, ज्ञानु यादव जस्तालाई उनको पनि परिवारिक सदस्यलाई जोडेर कसैले गीत बनाए उनले पनि सुन्नुपर्छ र उनका परिवारलाई पनि सुनाउनुपर्छ । अनि मात्र आफ्नो असलियत र आफूले गरेको कार्यप्रति सजगता हुन्छ । अन्त्यमा, खेसारीलाल यादव घटनाप्रति आपत्ति छ । 

सन्नु कुमार जी, ज्ञानु यादव जी लगायत अन्य यस्ता गायकहरुलाई एउटा कुरा–“कल्पना मात्र गर्नुस्, यदि तपाईमाथि पनि यस्तै गीत कसैले बनाइदिए भने के गर्नुहुन्छ ?” कल्पना मात्र गर्नुस र सोच्नुस् ।


नोटः यो आर्टिकलमा व्यक्तिगत विचार मात्र राखिएको छ । समाजिक सँजाल र सत्य घटनामा आधारित तथ्य, समाचार प्रकाशित तथ्यलाई आधार बनाएर बनाइएको छ ।

  • 4%
  • 0%
  • 0%
  • 0%
  • 32%
  • 0%

थप १,८७५ मा सङ्क्रमण पुष्टि

  • २०७८ जेठ २८ शुक्रबार

न्यूज ब्यूरो, काठमान्डौं । पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो

पूरा पढ्नुहोस्

Bureau Menus