सरकारमा काँग्रेस

तीन मन्त्रालयसहित काँग्रेस पनि मधेश सरकारमा, नयाँ मन्त्रीहरु आजै रातीसम्म किरिया खाने 

माओवादीको तर्फबाट मन्त्रालय तय भएपछि नव नियुक्त हुने सबै मन्त्रालयका मन्त्रीहरुले आजै रातीसम्म किरिया खाने बुझिएको छ ।

२०७८ जेठ २६ बुधबार
बेलुकी ६:२० बजे

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेश २ सरकारमा तिन मन्त्रालय सहित कांग्रेस समावेश भएका छन् । संसदिय दलका नेता रामसरोज यादवको नेतृत्वमा तिन मन्त्रालय सहित कांग्रेस सरकारमा सामेल हुन तयार भएको छ । 

रामसरोज यादव प्रदेश नम्बर २ को भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय रोजेको बुझिएको छ । त्यस बाहेक कांग्रेसले थप दुई मन्त्रालयमा उर्जा तथा खानेपानी र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।

तत्काल राज्य मन्त्री नियुक्त नहुने र सरकारमा गएपछि छलफलका आधारमा निर्णय हुने बताइएको छ । तिन मन्त्रालय सहित सरकारमा जान राजी भएको कांग्रेस बाँकी दुई मन्त्रीको निश्कर्ष लगाउन छलफलमा जुटेको हो । 

माओबादी संग अझै छलफल जारी रहेको बुझिएको छ । उनले एक मन्त्रालय पाउने निश्चित भएपनि मन्त्रालय रोजाईमा कुरा मिल्न नसकेको स्रोतले जनाएको छ । 

मन्त्रीहरुको आज रातीसम्म नै सपथ ग्रहणको तयारी मुख्यमन्त्री कार्यालयले गरिरहेको छ । भरत साहको नेतृत्वमा माओबादी समेत सरकारमा जान छलफलमा छन ।

माओवादीको तर्फबाट मन्त्रालय तय भएपछि नव नियुक्त हुने सबै मन्त्रालयका मन्त्रीहरुले आजै रातीसम्म किरिया खाने बुझिएको छ । माओवादीसँगको छलफल अझै जारी रहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

प्रदेश २ः  मल उपर लागेको प्रतिबन्ध फुकुवा, किसानहरुमा खुसीयाली

  • २०७८ जेठ २६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । खेतीपाती गर्ने समयमै स्थानीय प्रशासनले मलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ ।  प्रशासनले मल

पूरा पढ्नुहोस्

Bureau Menus