कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन - 'उच्च मनोबलका साथ काम गर्नु'
त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराए ।

२०७८ जेठ २६ बुधबार, बेलुकी ५:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य संपादन गर्न निर्देशन दिएकी छन् ।
उनले बिभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने बिश्वास ब्यक्त गरिन् ।
आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट प्रयाप्त नहुने भन्दै प्रदेस, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उनले जोड दिइन् ।
घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्न रुपमा बनी नसकेको दुख दायी अबस्थाको अनुभव आफुले गरेको भन्दै त्यसका लागि बिभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नु पर्नेमा मन्त्री चौधरीले जोड दिइन् ।
सो क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले बिस्तृत ब्रीफिङ गरेका छन ।
बुधबार पुल्चोक स्थित रहेको बिभागको कार्यालयमा बिभागका निर्देशक दुर्गा देबि देबकोटा पौडेलले एक कार्यक्रमको बीच बिभागको गत्तिबिधी बारेमा जानकारी गराएकी हुन् ।
निर्देशक पौडेलले यस बिभागको औचित्य,चुनौती, अबसर र बिगत देखि गर्दै आएका गतिविधिका बारेमा बिधिबत रुपमा जानकारी गराएकी थिइन्।
त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराए ।
परिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने ब्यबस्था छ । त्यस अनुसार मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरे ।
उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री रेनुका गुरुङको समेत उपस्थिति रहेको थियो । त्यस्तै मन्त्रालयका सचिव यम कुमारी खतिवडा ज्युको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…